back
CTIZAN AD

कविता: बन्धन

वि.सं.२०७६ असोज १८ शनिवार

1.6K 

shares

बुढापाका भन्थे
माटोलाई ढुंगाको भर
ढुंगोलाई माटोको भर
हो रहेछ
बुझेँ
तिम्रो भरोसामा
जीवन गतिशील भएपछि
सत्य रहेछ

माटो ढुँगासंगै टाँसिएको पर्खाल झैं
स्थिर भएको छ अब जिन्दगी
पानीका छाल जसरी मडारिनु पर्दैन
किनारमा ठोकिएर फर्किनु पर्दैन
मुलधारको प्रबाहमा
खातमाथि खात थपिएर
बाँधिएको छ जिन्दगी

एक
दुई
तीन गर्दै
रहरहरू बुनिएका छन्
खुट्किला उठेका छन्

जमिनको पहिलो सिंढीं झैं
खडा छ्यौ तिमी
जहाँ
निर्धक्क
निर्भय टेकेर
अग्लो सिंढी चढदै छु म

त्यो अफ्ठ्यारो सिंढीको बाटो
तिम्रो रातो सिउदो हो
जहाँ
म भएसम्म पखालिन नसक्ने
मेरो रगतको रंग छ

गलामा रातो पोते छ
पहाड चढ्ने
मनि प्लान्टका लहराहरू जति
कमजोर छैन
चुँडिदैन मेरो विश्वासको बन्धन
र त
मजबुत छन् हाम्रा साथहरू
मजबुत छन् मुस्कानहरू

जतिसुकै विशाल कम्पन आएपनि
आँधीहुरी आएपनि
काँचका अनुहार जसरी फुटदैनन्
नयनका ओठबाट अश्रुजल बगेर
पखालिंदैनन् रगंहरू
सीमानाका पर्खाल जसरी
अग्नी कसमको बन्धन तोडेर
सार्न सकिंदैन माया
रातारात ।

२०७६ असोज ८
काठमाडौ

वि.सं.२०७६ असोज १८ शनिवार १०:१४ मा प्रकाशित

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...

सुसेली : महाकवि लक्ष्मीप्रसाद सम्बन्धि

सुसेली : महाकवि लक्ष्मीप्रसाद सम्बन्धि

सिवाङ्गी सुवेदी ग्रीनहिल स्कुल,कक्षा ६ साहित्यकार जन्म जयन्तीमा त पर्यो...