(१)
दशैं आउँदा खुशि लाग्थ्यो, आफू सानै हुँदाखेरि
खान लाउन पाईन्थ्यो जहाँ, निहुँ खोजेर रुँदाखेरि
बा आमा लाई खर्च टार्न, कति मुस्किल हुँदोरैछ
अहिले बुझ्छु ब्यबहार धान्दा, आफ्नै आँशु चुँदाखेरि …
(२)
छोरी भनेर मलाई, रुवाउछौ भने
हेला गरेर जहर, खुवाउछौ भने
अब कहिल्यै आमा, बन्दिन म
गर्भ जाचेर छोरी, तुहाउछौ भने …
(३)
मेरी सासु यस्ती उस्ती भन्दै, रात दिन खैरो खन्नेहरु
आमा जस्ती सासु लाई, हेला गरी दुस्ट बन्नेहरु
छन् हाम्रो समाजमा, प्रशस्तै छन एस्ता नारी
त्यहि सासुले पाएको छोरोलाई, मेरो मुटु भन्नेहरु …
(४)
सिउँदोको सिन्दुर पुछिएपछी, हातका चुरा फुटेपछी
जिन्दगीबाट सदाका लागि,पतिको साथ छुटेपछि
मलाई बोक्सि सम्म भन्न, पछि परेन यो समाज,
मेरो सुन्दरता मेरो जवानी, समयले सबै लुटेपछी …
(५)
ढिडो भए पुग्छ मलाई, आँटो भए पुग्छ
श्रम गर्न खेत बारीको, पाटो भए पुग्छ
देश छोडि अब कहिल्यै, बिदेश जान्न म
यो जन्म मलाई देशकै, माटो भए पुग्छ…
वि.सं.२०७६ असोज २५ शनिवार १२:५१ मा प्रकाशित






























