back
CTIZAN AD

गजल (७०६)

वि.सं.२०७६ असोज २५ शनिवार

1.2K 

shares

हुने हुनामी, टर्दैन भन्छन् ;
फल त्यसै भूइँ, झर्दैन भन्छन् ।

आफनो ढिपी त,छाड्दैन मूर्ख ;
विद्वानले जिद्दि, गर्दैन भन्छन् ।

समस्त आयु ,बाँच्छ रे डिंगो ;
झिँगाले सरापे,मर्दैन भन्छन् ।

सम्ममा बाख्रा ,सफामा झिँगा ;
भीरमा भैंसी, चर्दैन भन्छन् ।

जुनले तातो, ताराले प्रकाश ;
पलाशले सुवास, छर्दैन भन्छन् ।

हैसियत अनुसार, हुन्छ रे काम ;
कमिलो खोला, तर्दैन भन्छन् ।

थोपा थोपाले, बग्छ रे नदी ;
गफले गाग्री, भर्दैन भन्छन् ।

फिक्कल, इलाम
२०७६।०६।२४

वि.सं.२०७६ असोज २५ शनिवार १२:३६ मा प्रकाशित

चारु

चारु

होम सुवेदी , भद्रपुर केही पल बाँच्नलाई सास चाहिन्छ ,...

गजल

गजल

अनुराग अरुण हरे दैव कस्तो जमाना भयो सुधो मूर्ख भो...

गजल

गजल

रमा खतिवडा, पोखरा मलाई दिवाना अधरले बनायो लजाएर हेर्ने नजरले...

सुसेली : आदिकवि भानुभक्त आचार्य

सुसेली : आदिकवि भानुभक्त आचार्य

आकाङ्क्षा बलामी ग्रीन हिल स्कुल , फर्पिङ कक्षा ६ आदिकवि...

झिल्का कविता

झिल्का कविता

भेष राज बञ्जाडे, बुटवल-१३, रुपन्देही १. एकछिन खुब मच्चिए आखिरमा...

कविता : कति हार्दिक छन्

कविता : कति हार्दिक छन्

इन्दिरा प्रयास, काठमाडौँ भन जीवन के कति मानवका अनुकूल कहाँ...