back
CTIZAN AD

पाँच मुक्तक

वि.सं.२०७६ असोज २५ शनिवार

4.5K 

shares

(१)
अधेरीमा भेट भयो घामले डाडा काटेपछि
सिलाएर कामै छैन कमलो दिल फाटेपछि
संगै जिउँने बाचा गर्यौं संगै मर्ने कसम पनि,
खुसीको त बहार आयो मन मुटु साटेपछि ।।
(२)
एउटा मुटुलाइ टुक्र्याएर कति सेकियो
सपनामा अचेल के के देखियो देखियो
सम्बन्ध गासिंनु छुटिनु नौलो कुरा हैन,
जो जससंग संबंधित छ त्यै लेखियो ।।
(३)
धन सम्पती केही हैन इज्जत कमाउन जान्नुपर्छ
पवित्र मनले सधै सत्यको बाटो समाउन जान्नुपर्छ
सामर्थ्य भन्दा बाहिरका कुरामा समय खर्चनु हुदैन,
जे छ आफूसंग त्यसैमा आनन्दले रमाउन जान्नुपर्छ ।।
(४)
मान्ने हैन रुनु हुन्न भनेपनी झन् पो रोइदिन्छेउ
नचलाउ दुख्छ मुटु भन्दा बेस्सरी छोइदिन्छेउ
प्यारको नाटक खुब मञ्चन गर्यौ यो रंगमञ्चमा
तिम्रो छेउमा आउँदा वचनको साँढे फोइदिन्छेउ ।।
(५)
मिठा मिठा कुरा गरि तिमीलाई सताएकै हो त ।
गुम्सिएको मनको बात सुटुक्क बताएकै हो त ।
आँखैमा तिमि पाउछु मनभित्र तिम्रै राज चल्यो,
सांघुरो घायल दिलमा मेरी सानू अटाएकै हो त ।।

वि.सं.२०७६ असोज २५ शनिवार १२:५५ मा प्रकाशित

चारु

चारु

होम सुवेदी , भद्रपुर केही पल बाँच्नलाई सास चाहिन्छ ,...

गजल

गजल

अनुराग अरुण हरे दैव कस्तो जमाना भयो सुधो मूर्ख भो...

गजल

गजल

रमा खतिवडा, पोखरा मलाई दिवाना अधरले बनायो लजाएर हेर्ने नजरले...

सुसेली : आदिकवि भानुभक्त आचार्य

सुसेली : आदिकवि भानुभक्त आचार्य

आकाङ्क्षा बलामी ग्रीन हिल स्कुल , फर्पिङ कक्षा ६ आदिकवि...

झिल्का कविता

झिल्का कविता

भेष राज बञ्जाडे, बुटवल-१३, रुपन्देही १. एकछिन खुब मच्चिए आखिरमा...

कविता : कति हार्दिक छन्

कविता : कति हार्दिक छन्

इन्दिरा प्रयास, काठमाडौँ भन जीवन के कति मानवका अनुकूल कहाँ...