back
CTIZAN AD

कविता : शुभकामना जन्मदिनको

वि.सं.२०७६ असोज २५ शनिवार

33K 

shares

के दिन सक्छु र म ?

अक्षरहरूको माला
शब्दहरूको सङ्गालो बाहेक
कविताको उपहार
जन्मदिनको शुभकामना बाहेक

थाह छ तिमीलाई……..??

तिमी जन्मिनुको अर्थ,
कुनै बुडो रूखले पालुवा फेर्नु भन्दा कम होइन !
तिमी जन्मिनुको अर्थ,
शब्दहरूमा संगीत भर्नु भन्दा सहज होइन !

तिमी जन्मिनु,
देशले एक असल नागरिकको अपेक्षा साँच्नु हो
समाजले एक प्रख्यात् समाज सेवक हासिल गर्नु हो

तिमी जन्मिनु,
डाँडामा डुब्दै गरेको घामबाट क्षितिज हराउनु जस्तै हो
बाबु–आमाको सपनाहरूबाट त्यो चन्द्र ग्रहण हट्नु जस्तै हो

तिम्रो अनुहारमा ओसामा विन लादेनको
पाउडर घसेको नहोस्
जाकिर मुशाको लिपिस्टिक नहोस ओंठमा
र नहोस् जैसी अहमदको गाजल परेलीमा

तिमी जन्मिनुको कारणहरू
सोध,
तिम्रो पोषण भएको त्यो गर्भलाई
अनि
तिमीले चुसेको त्यो स्तनलाई

सोध,
तिम्रो बोझ बोकेको त्यो काँधलाई
अनि
निधारबाट बगेको पसिनाहरूलाई

सोधी हेर
आमाको पिडालाई
अनि
बाबुको मुस्कानलाई

तिमी हिँड्ने बाटोमा,
ठुलो शालिग होस ‘रतनलाल ब्राह्मण्ड’ को
अनि
उसको छायाँ ठिक तिम्रो टाऊकोमा !

कमाउनु–जमाउनुमा मात्र सिमित नरहोस्
तिम्रा क्रिया–कलापहरू
खानु, पिउनु र रमाउनुमा मात्र सिमित नहोस्
तिम्रा जीवन पद्धतिहरू

देशको करङ्ग भएर बाँच्नु पर्छ तिमी
इतिहासको पानामा हाँस्नु पर्छ तिमी

ता की,
तिमी जन्मिनुको ‘हेप्पी बर्थ डे’ मनाइयोस्
घाम, जुन, ताराद्वारा
न्वारन गरोस्–नामकरण गरियोस्
माटो, सहिद, अनि देशद्वारा

घर, गाऊँ, अनि समाजद्वारा !

वि.सं.२०७६ असोज २५ शनिवार १२:५७ मा प्रकाशित

चारु

चारु

होम सुवेदी , भद्रपुर केही पल बाँच्नलाई सास चाहिन्छ ,...

गजल

गजल

अनुराग अरुण हरे दैव कस्तो जमाना भयो सुधो मूर्ख भो...

गजल

गजल

रमा खतिवडा, पोखरा मलाई दिवाना अधरले बनायो लजाएर हेर्ने नजरले...

सुसेली : आदिकवि भानुभक्त आचार्य

सुसेली : आदिकवि भानुभक्त आचार्य

आकाङ्क्षा बलामी ग्रीन हिल स्कुल , फर्पिङ कक्षा ६ आदिकवि...

झिल्का कविता

झिल्का कविता

भेष राज बञ्जाडे, बुटवल-१३, रुपन्देही १. एकछिन खुब मच्चिए आखिरमा...

कविता : कति हार्दिक छन्

कविता : कति हार्दिक छन्

इन्दिरा प्रयास, काठमाडौँ भन जीवन के कति मानवका अनुकूल कहाँ...