back
CTIZAN AD

पाँच मुक्तक

वि.सं.२०७६ कात्तिक १६ शनिवार

8K 

shares

(१)
तिम्रो सिन्दुर पोते भए, मलाई कुनै श्रृङ्गार चाहिदैन
सुन चाँदिका गहना र, त्यो हिराको हार चाहिंदैन
मात्रै तिमी बगिदिनु, मेरो शरिरको नशा नशामा
त्यति भए मैले बाँच्न, कुनै रक्त संचार चाहिदैन

(२)
म त्यो हृदयमा छु, जानेरै मन पराए
हजारौ मा हिरा, छानेरै मन पराए
बिश्वास को दियो, जलायर मनमा
मुटु टुक्र्याउने छैनौ, मानेरै मन पराए

(३)
किन लाग्छ मलाई तिम्रो, साथ सुमधुर्
साझ बिहान दिन अनि, रात सुमधुर्
सारा सन्सार भुलाई दिने, लठ्ठै पारिदिने
लाग्छन मलाई तिम्रा हर, बात सुमधुर

(४)
अमृत जस्तो मिठो बोली, उस्तै राम्रो तिम्रो बानी
मनकी पनि सफा तिमी, मायाँकी झन् रैछौ खानी
तिमी जस्ती मान्छे पाए, मैले संसार जित्न सक्छु
आऊ तिमी यो जीबनमा ,बनाईराख्छु मनकी रानी

(५)
तिम्रो घरको बाटो हिंड्दा, झ्यालको पर्दा खुलेन भने
चिहाई चिहाई मलाई हेर्दै , तिम्रो नजर डुलेन भने
घाम डुबेर दिउँसै रात, परे जस्तै लाग्छ मलाई
तिम्रो दिलमा मेरो नामको, रातो गुलाफ फूलेन भने

वि.सं.२०७६ कात्तिक १६ शनिवार ११:३१ मा प्रकाशित

चारु

चारु

होम सुवेदी , भद्रपुर केही पल बाँच्नलाई सास चाहिन्छ ,...

गजल

गजल

अनुराग अरुण हरे दैव कस्तो जमाना भयो सुधो मूर्ख भो...

गजल

गजल

रमा खतिवडा, पोखरा मलाई दिवाना अधरले बनायो लजाएर हेर्ने नजरले...

सुसेली : आदिकवि भानुभक्त आचार्य

सुसेली : आदिकवि भानुभक्त आचार्य

आकाङ्क्षा बलामी ग्रीन हिल स्कुल , फर्पिङ कक्षा ६ आदिकवि...

झिल्का कविता

झिल्का कविता

भेष राज बञ्जाडे, बुटवल-१३, रुपन्देही १. एकछिन खुब मच्चिए आखिरमा...

कविता : कति हार्दिक छन्

कविता : कति हार्दिक छन्

इन्दिरा प्रयास, काठमाडौँ भन जीवन के कति मानवका अनुकूल कहाँ...