घाउ लाग्नु मात्र पर्छ बढाउने धेरै भेटिन्छन् ।
ओर्लन नजानोस रुख चढाउने धेरै भेटिन्छन् ।
नबिग्रन्जेल बिगार्न कोशिष गर्नेहरु मिलेर
बिग्रिए पछि सप्रिने पाठ पढाउने धेरै भेटिन्छन् ।
हिजो सम्म मेरो खाएर गुणगान गाउने पनि
मौकाहेरी बैसाकी तानी लडाउने धेरै भेटिन्छन् ।
हिजो घर बनाई दियो मित्रले एउटै दैलो राखेर
आज त्यो दैलो थुनेर डढाउने धेरै भेटिन्छन् ।
हिजो राजनीति गर्न सिकायो उसैले मलाई
आज अख्तियार लगाई सडाउने धेरै भेटिन्छन् ।
वि.सं.२०७६ कात्तिक १६ शनिवार ११:३९ मा प्रकाशित






























