back
CTIZAN AD

कविता : म र मेरो कविता

वि.सं.२०७६ कात्तिक २३ शनिवार

5.2K 

shares


कविता लेखिरहेछु
या कविता मलाई लेखिरहेछ

हरेक दिन
कसौंडी र ताप्केमा
डाडु पन्युँले
कविता लेख्छु
प्रेसर कुकरमा
हरेक साँझ बिहान
जोड जोडले
सिट्ठी बज्छन्
मेरा कविताका अक्षरहरू
नुन, मसला र बेसारले निखार्छ मेरो कवितालाई
खुर्सानीले तिखार्छ मेरो कवितालाई

थाल थालमा प्रसारित हुन्छन्
कच्यौरा कच्यौरामा प्रकाशित हुन्छन्
अनेक प्रतिक्रिया सहित
जब उदरस्त हुन्छन् मेरा कविता

थाल कच्यौरा
डाडु डाडु पन्युँ
ताप्के र कुकरका
टाङटाङ टुङटुङसङ्गै
हरेक साँझ बिहान
मेरा कविताको मलामी जान्छु ।

यसैगरि दोहोरीइ रहन्छन् मेरा कविता
तर थाहा छैन मलाई

कविता लेखिरहेछु
या
कविता मलाई लेखिरहेछ ।

५ कार्तिक,२०७६

वि.सं.२०७६ कात्तिक २३ शनिवार ०९:२२ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...