back

सफलताका लागि एकाग्रता जरुरी

वि.सं.२०७३ मंसिर १६ बिहीवार

1.4K 

shares

dhyan

जीवनमा सफल बन्नु छ भने एकाग्रता हुनु जरुरी छ । जीवनमा त्यस्ता धेरै चीजहरू हुन्छन् जसले हाम्रो ध्यान भंग गरिरहेका हुन्छन् । आउनुहोस् जानौँ, के रहेछन त त्यस्ता कुराहरू जसले हामीलाई ख्यालै नभइ हाम्रो एकाग्रता भंग गरिरहेका हुन्छन् ः

एकैपटक सबै काम गर्न खोज्नु

सबै काम गर्न सक्छु भन्ने आँट आउनु सबैका लागि राम्रो हो । तर, कुन काम कतिवेला सक्नु पर्छ भन्ने ख्याल गर्नु भयो भने राम्रो हुन्छ । एकैपटक सबै काम गर्न सक्छु भनेर लाग्नु भयो भने तपाईको ध्यान बाडिन्छ । कुन काम पहिले सक्नुपर्ने हो त्यसैमा बढी एकाग्र हुनुभयो भने पक्कै पनि तपाईले सफलता पाउन सक्नुहुन्छ ।

शान्त वातावरण

तपाईलाई कुनै पनि काम गर्दा शान्त वातावरण आवश्यक पर्छ । शान्त वातावरणमा काम गर्न आनन्द आउनुका साथै सोचेजति गर्न सकिन्छ । तर, तपाई काम गर्ने ठाउँमा तपाईका साथीहरू हो–हल्ला गर्छन् भने पक्कै पनि त्यसले तपाईलाई असर गरेको हुन्छ । त्यसैले कामका बेला तपाई आफूपनि एकाग्र र साथीहरू पनि असल हुन जरुरी छ । अन्यथा तपाईको ध्यान धेरैतिर बाँडिन्छ ।

सामाजिक सञ्जालमा अल्मलिनु

अहिलेको एक्काइसौँ शताब्दिमा प्रविधिको द्रुत विकाससँगै त्यसमा सहज पहुँच हुनाले हाम्रो धेरै समय र विना काम ध्यान त्यतै गैरहेको छ । साथीसँग फेसबुक, स्काइपी, इमो, ट्विटर, ह्वाटसप, विच्याट भाइवर लगायतका सामाजिक सञ्जालमा घण्टौँ बिताउनु तपाईको स्वास्थ्यका लागि मात्रै नभएर जीवनका लागि फाइदाजनक हुँदैन । त्यसैले सञ्जालहरू निश्चत समयमा मात्र खोल्ने, साथीहरूले पठाएको इमलेको जरुरी जवाफ दिने र फेरि आफ्नो काममा लाग्ने बानी गर्नुहोस् । जुन काम तपाईको जीवनलाई अगाडि बढाउन अत्यावश्यक छ त्यसैमा ध्यान केन्द्रित गरेर अगाडि बढ्नुहो्स ।

चिन्ता

घरपरिवार, साथीभाइ, छिमेक या व्यक्तिगत समस्याहरूले आजभोली धेरै मानिस पीडित बनेका हुन्छन् । उ न त ती सबैलाई सम्बोधन गरेर समस्या समाधान गर्न सक्छ नत आफ्नो जरुरी काममा नै ध्यान एकाग्र गर्न सक्छ । कार्यालयमा रहँदा यी सबैकुरालाई बाहिर राखेर आफ्नो काममा मात्र ध्यान दिन सकियो भने तपाईलाई एकपछि अर्को समस्या समाधान गर्दे जाने बानी बस्छ होइन भने समस्याहरूको थाती लाग्दै जान्छन् र तपाईको ध्यान चारैतिर बाडिन्छ ।

स्वास्थ्य समस्या

शरीरका विभिन्न अंगको दुखाइ वा विभिन्न स्वास्थ्य समस्याका कारण पनि काममा ध्यान जाँदैन । तपाई त्यसैको पीडामा सोचिरहनुहुन्छ र कार्यालको काममा ध्यान जाँदैन । त्यसैले आफ्नो स्वास्थ्यको सहि समयमा ख्याल पु¥याउन जरुरी हुन्छ ।

वि.सं.२०७३ मंसिर १६ बिहीवार ०९:२८ मा प्रकाशित

Himalayan Life AD
सिमेन्ट बोकेर गएको जिप दुर्घटना हुँदा दुईको मृत्यु

सिमेन्ट बोकेर गएको जिप दुर्घटना हुँदा दुईको मृत्यु

लमजुङ । लमजुङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको...

कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको उपचारका क्रममा निधन

कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको उपचारका क्रममा निधन

काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री मोहम्मद अफताव आलमको...

मतदाता नामावली संकलन देशव्यापी उत्साहजनक रहेको आयोगको भनाई

मतदाता नामावली संकलन देशव्यापी उत्साहजनक रहेको आयोगको भनाई

काठमाडौँ । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि देशव्यापी मदाता नामावली संकलन...

सनाखतका लागि निर्वाचन आयोगमा विप्लव

सनाखतका लागि निर्वाचन आयोगमा विप्लव

काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा सनाखतको लागि निर्वाचन...

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ

काठमाडौं । ज्यान सम्बन्धी कसूर (कर्तव्य ज्यान) मुद्दामा इन्टरपोलबाट रेड...

नासामा ३४ वर्षपछि महिला नेतृत्व निर्वाचित

नासामा ३४ वर्षपछि महिला नेतृत्व निर्वाचित

काठमाडौँ । नेप्लिज एसोसिएसन इन साउथ इस्ट अमेरिका (नासा) को...