back
CTIZAN AD

सफलताका लागि एकाग्रता जरुरी

वि.सं.२०७३ मंसिर १६ बिहीवार

1.8K 

shares

dhyan

जीवनमा सफल बन्नु छ भने एकाग्रता हुनु जरुरी छ । जीवनमा त्यस्ता धेरै चीजहरू हुन्छन् जसले हाम्रो ध्यान भंग गरिरहेका हुन्छन् । आउनुहोस् जानौँ, के रहेछन त त्यस्ता कुराहरू जसले हामीलाई ख्यालै नभइ हाम्रो एकाग्रता भंग गरिरहेका हुन्छन् ः

एकैपटक सबै काम गर्न खोज्नु

सबै काम गर्न सक्छु भन्ने आँट आउनु सबैका लागि राम्रो हो । तर, कुन काम कतिवेला सक्नु पर्छ भन्ने ख्याल गर्नु भयो भने राम्रो हुन्छ । एकैपटक सबै काम गर्न सक्छु भनेर लाग्नु भयो भने तपाईको ध्यान बाडिन्छ । कुन काम पहिले सक्नुपर्ने हो त्यसैमा बढी एकाग्र हुनुभयो भने पक्कै पनि तपाईले सफलता पाउन सक्नुहुन्छ ।

शान्त वातावरण

तपाईलाई कुनै पनि काम गर्दा शान्त वातावरण आवश्यक पर्छ । शान्त वातावरणमा काम गर्न आनन्द आउनुका साथै सोचेजति गर्न सकिन्छ । तर, तपाई काम गर्ने ठाउँमा तपाईका साथीहरू हो–हल्ला गर्छन् भने पक्कै पनि त्यसले तपाईलाई असर गरेको हुन्छ । त्यसैले कामका बेला तपाई आफूपनि एकाग्र र साथीहरू पनि असल हुन जरुरी छ । अन्यथा तपाईको ध्यान धेरैतिर बाँडिन्छ ।

सामाजिक सञ्जालमा अल्मलिनु

अहिलेको एक्काइसौँ शताब्दिमा प्रविधिको द्रुत विकाससँगै त्यसमा सहज पहुँच हुनाले हाम्रो धेरै समय र विना काम ध्यान त्यतै गैरहेको छ । साथीसँग फेसबुक, स्काइपी, इमो, ट्विटर, ह्वाटसप, विच्याट भाइवर लगायतका सामाजिक सञ्जालमा घण्टौँ बिताउनु तपाईको स्वास्थ्यका लागि मात्रै नभएर जीवनका लागि फाइदाजनक हुँदैन । त्यसैले सञ्जालहरू निश्चत समयमा मात्र खोल्ने, साथीहरूले पठाएको इमलेको जरुरी जवाफ दिने र फेरि आफ्नो काममा लाग्ने बानी गर्नुहोस् । जुन काम तपाईको जीवनलाई अगाडि बढाउन अत्यावश्यक छ त्यसैमा ध्यान केन्द्रित गरेर अगाडि बढ्नुहो्स ।

चिन्ता

घरपरिवार, साथीभाइ, छिमेक या व्यक्तिगत समस्याहरूले आजभोली धेरै मानिस पीडित बनेका हुन्छन् । उ न त ती सबैलाई सम्बोधन गरेर समस्या समाधान गर्न सक्छ नत आफ्नो जरुरी काममा नै ध्यान एकाग्र गर्न सक्छ । कार्यालयमा रहँदा यी सबैकुरालाई बाहिर राखेर आफ्नो काममा मात्र ध्यान दिन सकियो भने तपाईलाई एकपछि अर्को समस्या समाधान गर्दे जाने बानी बस्छ होइन भने समस्याहरूको थाती लाग्दै जान्छन् र तपाईको ध्यान चारैतिर बाडिन्छ ।

स्वास्थ्य समस्या

शरीरका विभिन्न अंगको दुखाइ वा विभिन्न स्वास्थ्य समस्याका कारण पनि काममा ध्यान जाँदैन । तपाई त्यसैको पीडामा सोचिरहनुहुन्छ र कार्यालको काममा ध्यान जाँदैन । त्यसैले आफ्नो स्वास्थ्यको सहि समयमा ख्याल पु¥याउन जरुरी हुन्छ ।

वि.सं.२०७३ मंसिर १६ बिहीवार ०९:२८ मा प्रकाशित

अन्तर्वार्ताको मिति छिटो मिलाइदिन्छु भन्ने दाबी गर्नेहरूसँग सावधान रहन अमेरिकी दूतावासको आग्रह

अन्तर्वार्ताको मिति छिटो मिलाइदिन्छु भन्ने दाबी गर्नेहरूसँग सावधान रहन अमेरिकी दूतावासको आग्रह

काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासले भिसा अन्तर्वार्ताको मिति छिटो मिलाइदिने...

प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की सर्वसम्मत अनुमोदित

प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की सर्वसम्मत अनुमोदित

काठमाडौं । संघीय संसदअन्तर्गतको संसदीय सुनुवाइ समितिले प्रमुख निर्वाचन आयुक्तका...

सानेपामा नेता श्रेष्ठप्रति अन्तिम श्रद्धाञ्जली

सानेपामा नेता श्रेष्ठप्रति अन्तिम श्रद्धाञ्जली

काठमाडौँ । नेपाली कांग्रेसका पूर्व उपसभापति तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको...

देवानगञ्ज घटनामा प्रधानमन्त्रीको भूमिकाप्रति गगन थापाको असन्तुष्टि

देवानगञ्ज घटनामा प्रधानमन्त्रीको भूमिकाप्रति गगन थापाको असन्तुष्टि

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सुनसरीको देवानगञ्ज गाउँपालिका–३...

देवानगञ्ज गोलीकाण्ड छानबिन समिति पुग्यो घटनास्थलमा, वार्तामार्फत समाधान खोज्द दलहरुको अपिल

देवानगञ्ज गोलीकाण्ड छानबिन समिति पुग्यो घटनास्थलमा, वार्तामार्फत समाधान खोज्द दलहरुको अपिल

विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा आइतबार राति भएको गोलीकाण्डको...

कपिलवस्तुमा ट्रकको ठक्करबाट बालकसहित तीन जनाको मृत्यु

कपिलवस्तुमा ट्रकको ठक्करबाट बालकसहित तीन जनाको मृत्यु

कपिलवस्तु, । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–२ गैडहवास्थित बहादुरगञ्ज–तौलिहवा हुलाकी सडकखण्डमा ट्रकको...