back
CTIZAN AD

आधुनिक स्वास्थ्य चौकी निर्माण गर्न जग्गा व्यवस्थापन

वि.सं.२०७६ कात्तिक २४ आइतवार

2K 

shares

२४ कार्तिक, बागलुङ । गलकोट नगरपालिका ७ मल्ममा स्वास्थ्य चौकीको जग्गा व्यवस्थापन समितिको बैठक शनिबार सम्पन्न भएको छ ।

बैठकले मल्म स्वास्थ्य चौकीको लागि आँगाखेतमा नयाँ जग्गाव्यवस्थापन गरेको हो । साविकको स्वास्थ्य चौकी रहेको स्थानमा नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नयाँ मापदण्ड अनुरुप जग्गा कम भएकोले नयाँ स्थानमा जग्गा व्यवस्थापन गरिएको मल्म स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष तथा वडा अध्यक्ष सुवेदार टिका बहादुर थापाले जानकारी दिए ।

नयाँमापदण्डको सुविधा सम्पन्न आधुनिक स्वास्थ्य चौकी निर्माण गर्ने उद्येश्यले मल्ममा स्वास्थ्य चौकी जग्गा व्यवस्थापन समितिले गृहकार्य गरिरहेको थियो । मल्म आँगाखेत निवासी स्थानियहरु वसन्त केसी, गजिन्द्र केसी, भरत केसी, हुमबहादुर केसी, लाल बहादुर केसी, नारायण केसी, टिका बहादुर केसी, गोपाल केसी, गजेन्द्र केसी (ख) ले निशुल्क जग्गा उपलब्ध गराएपछि जग्गा व्यवस्थापन गरिएको अभियान्ता वसन्त केसीले जानकारी दिए ।

त्यस्तै निर्माणाधिन स्वास्थ्य चौकीसम्म सडक पुराउन सडक ट्रयाक आसपासका जग्गादाताहरु समेत सहमति भएको केसीले बताए । सडक निर्माणको लागि गलकोट नगरपालिका वडा नं ७ को कार्यालयले नगद रु डेढ लाख सम्म सहयोग गर्ने प्रतिवद्वता गरेको छ ।

अब तत्कालै मालपोतकार्यलयमा गएर जग्गा रजिष्ट्रेशन पास गर्ने र सडक निर्माण गर्ने निर्णय गरिएको छ । आवश्यक कागजी र कानुनी प्रकृया पुरा भएपछि भवन निर्माणको लागि योजना पेश गर्ने र आधुनिक स्वास्थ्य चौकी निर्माणको कार्य अगाडी बढाउने वडा सदस्य लोकबहादुर थापाले जानकारी दिए

वि.सं.२०७६ कात्तिक २४ आइतवार १२:१३ मा प्रकाशित

तुलसा च्याउ दिदीका नामले चिनिन थालिन्

तुलसा च्याउ दिदीका नामले चिनिन थालिन्

दाङ । तुलसा आजकाल च्याउ दिदीका नामले चिनिन थाल्नुभएको छ...

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध

पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध

गण्डकी । कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी सदरमुकाम बेनीबाट मुस्ताङको जोमसोम जोड्ने...

बेनी–जोमसोम र बेनी–दरबाङ सडकमा रातिमा सवारी आवागमन बन्द

बेनी–जोमसोम र बेनी–दरबाङ सडकमा रातिमा सवारी आवागमन बन्द

गण्डकी । म्याग्दी सदरमुकाम बेनीदेखि मुस्ताङको जोमसोम जोड्ने सडक र...

निर्मल पुर्जाको निधनमा सोमबार शोक बिदा

निर्मल पुर्जाको निधनमा सोमबार शोक बिदा

बेनी । विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल ‘निम्सदाई’ पुर्जाको पाकिस्तानस्थित ८,०५१...

खाजा पसलका नाममा बालिकालाई अनैतिक कार्यमा लगाउने चार महिला पक्राउ

खाजा पसलका नाममा बालिकालाई अनैतिक कार्यमा लगाउने चार महिला पक्राउ

गण्डकी । पोखरा महानगरपालिका–१८ चिसाखोलाका विभिन्न खाजाघरमा बालिकालाई अनैतिक कार्यमा...