back
CTIZAN AD

चिसो मौसममा यसरी तताउनुहोस् शरिरलाई

वि.सं.२०७६ कात्तिक २५ सोमवार

1.5K 

shares

चिसोको मौसम को सुरुवात भएको छ । नेपालमा विशेषगरी कात्तिकबाट सुरु हुने जाडो झण्डै फागुनको दोश्रो सातासम्म रहन्छ । यी चार महिनाको बीचमा चिसोका कारण धेरै मानिसमा समस्याहरु देखिन्छ ।

चिसोको मौसममा विशेष गरेर दमका विरामी, बाथका विरामीहरुले विशेष ख्याल राख्नुपर्ने हुन्छ । चिसोमा आगो ताप्ने, तातो अनि न्यानो कपडा लगाउने मात्र नभएर भित्री शरीरलाई तताउनका लागि खानामा यस्ता कुराहरु समावेश गर्दा पनि चिसोबाट शरीरलाई जोगाउन सकिन्छ । यदि हामीले भित्री शरीर तातो बनाउनका लागि यी उपायहरु अपनायौ भने चिसो कम लाग्छ र चिसोबाट हुने धेरै प्रकारका समस्याबाट पनि बच्न सकिन्छ ।

आउनुहोस् जानौ भित्रि शरीरलाई कसरी तातो बनाउन सकिन्छ त !


मह–मह चिसोको मौसममा अत्यन्तै उपयोगी मानिन्छ । विभिन्न प्रकारका औषधिको रुपमा लिइने महलाई जाडोको मौसममा विशेष गरेर रुघाखोकी लाग्दा अधिक प्रयोग गरिन्छ । महलाई विभिन्न प्रकारका खानामा मिसाएर खान पनि सकिन्छ । जस्तै सुत्ने समयमा मनतातो दूधमा एकचम्चा मह राखेर खाएमा रुघाखोकी निको हुन्छ । महले शरीरको इम्युन सिस्टम दुरुस्त राख्नुका साथै पाचन प्रक्रिया बढाउन पनि सहयोग गर्दछ । साना बालबालिकालाई सुत्ने समयमा सानो चम्चाको एकचम्चा मह खुवाएमा धेरै फाइदा गर्दछ ।


कोदो तथा मकै भटमासको प्रयोग–गाउँ या सरहका धेरै मानिसहरु कोदोको पिठोको रोटी, ढिडो, मकैको आँटो, मकै भटमास भुटेर खाने चलनलाई विस्तारै भुल्दै जान थालेका छन् । सहरमा या गाउँमा विस्तारै पाउरोटी र विस्कुटको बढी प्रयोग हुन थालेको छ । आमाहरु आजभोली बिहानै कोदोको पिठोको रोटी या मकै भटमासको विकल्पमा डोनोट, पाउरोटि, विस्कुट, दिउँसो चाउमीन, चाउचाउँ अनि ममको नास्ता रोज्न थालेका छन् । बच्चाहरु पनि यस्तै खानमा रमाउँछन् । तर, त्यसले बच्चाहरुलाई फाइदा भन्दा नोक्सान गरिरहेको हुन्छ । यस्ता चिजमा बच्चाको शारिरीक विकासका लागि पाइने भरपुर पोषकतत्व पाइदैन् । जति मकै, भटमास, कोदोको रोटिमा पाइन्छ । दिनहुँ प्रयोग गर्नुपर्ने यस्ता खाद्यवस्तुलाई मानिसले रोग लागेपछि मात्रै प्रयोग गर्ने चलन बढेको छ । तर, खानामा यस्ता प्रकारका खाद्यपर्दाथ समावेश गरेमा यसले पनि धेरै रोग लाग्नबाट बचाउँछ । विशेषत बालबालिकाहरुलाई यस्ता खानामा बानी पार्न सक्ने हो भने यसले कुपोषणबाट बचाउँछ ।


माछाको अधिक प्रयोग–विशेषत जाडोमा माछाको अधिक प्रयोग गर्न स्वस्थ्यविज्ञ सल्लाह दिन्छन् । माछामा भरपुर मात्रामा ओमेगा थ्री पाइन्छ । साथै यसमा पाइने जिंकले पनि शरीरको रोग प्रतिरोधक क्षमता (इम्युनिटी) बढाउने र धेरै प्रकारका रोगबाट बचाउने स्वस्थ्यविज्ञ बताउँछन् । ध्यान दिनुहोस् माछा तारेर खाँदा भन्दा नतारी अन्य तरिकाले पकाएर खाएमा त्यसमा हुने पोषक तत्वहरु नास हुँदैनन् ।
सुप–चिसोको मौसममा सुप पनि अत्यन्तै उपयोगी हुन्छ । चिसोको मौसममा पानी खान मन नलाग्ने हुनाले पनि तातो सुपले पानीको मात्रा पनि पूरा गर्ने र शरीरलाई भित्रैदेखि तातो बनाउने काम गर्छ । यसमा ज्वानोको सुप, घरमा आफै बनाएर चिकेन सुप लगायतका विभिन्न तरिकाबाट सुप बनाएर खानु राम्रो हुन्छ । भरसक बजारबाट किनेर ल्याएको सुप नखानुनै राम्रो हुन्छ ।

खजुर–खजुर पनि हाम्रो शरीरको लागि अत्यन्तै फाइदाजनक मानिन्छ । तर, हाम्रो देशमा सहजरुपमा खजुर उपलब्ध नहुनाले धेरै मानिसहरु यसको पहुँचबाट टाढा रहेका हुन्छन् । पहुँच हुन्छ र सहजरुपमा उपलब्ध हुन्छ भने तातो दूधसँग केही पिस खजुर खानाले चिसोबाट बच्न सकिन्छ ।


तुलसीको चिया–तुलसीको चिया, मरिच राखेको चिया र अदुवा राखेको चियाले पनि चिसोमा राहत दिन्छ । यसले रुघाखोकीबाट छुट्कारा पाउन सकिन्छ ।


बदाम-जाडोको लागि बदाम पनि अत्यन्तै उपयोगी मानिन्छ । बदाममा मिनरल्स,एंटी आक्सिडेन्ट, भिटामिन र धेरै प्रकारका पोषक तत्व हुन्छ ।


तील वा तोरीको तेल-चिसोको मौसममा हामीले परापूर्वकालदेखि प्रयोग गर्दै आएको शुद्ध तोरीको तेल तताएर दिनहुँ पाइताला र शरीरमा लगाउने गरेमा यसले पनि चिसोहुनबाट बचाउँछ । तोरीको तेलका अलावा तीलको तेलले पनि शरीर मालिस गर्न सकिन्छ ।

चिसोमा कब्जियतको समस्या पनि अधिक हुने स्वस्थ्यविज्ञ बताउँछन् । यस्तो अवस्थामा प्रसस्त मात्रामा फाइबर हुने खाना लाभदायक हुन्छ । बदाममा भिटामिन ‘ए’ र फाइबर भरपुर मात्रामा पाइने हुनाले यसको प्रयोग गर्न सकिन्छ । साथै सलादमा पनि फाइबर हुन्छ । साथै एवोकाडो पनि फाइबरको राम्रो स्रोत मानिन्छ । एक एवोकाडोमा ९ ग्राम फाइबर हुन्छ । यसलाई मन पर्नेले त्यत्तिकै पनि खान सकिने र सलादमा समावेश गरेर पनि खान सकिन्छ ।

वि.सं.२०७६ कात्तिक २५ सोमवार ०९:४० मा प्रकाशित

वीरगञ्जमा निःशुल्क जलन शिविर: १५० जनाले पाए उपचार सेवा

वीरगञ्जमा निःशुल्क जलन शिविर: १५० जनाले पाए उपचार सेवा

काठमाडौँ । वीरगञ्जस्थित नारायणी अस्पतालमा सञ्चालन भएको ‘नबिल निःशुल्क जलन...

नेपाल लाइफद्वारा २५औं वार्षिकोत्सबको अवसरमा नि:शुल्क स्वास्थ्य सिविर एवं देशभर रक्तदान कार्यक्रम

नेपाल लाइफद्वारा २५औं वार्षिकोत्सबको अवसरमा नि:शुल्क स्वास्थ्य सिविर एवं देशभर रक्तदान कार्यक्रम

काठमाडाैँ । नेपाल लाइफ इन्स्योरेन्सले स्थापनाको २५औं गरिमामय वार्षिकोत्सबको अवसर...

ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विश्व हाँसो दिवस सम्पन्न

ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विश्व हाँसो दिवस सम्पन्न

काठमाडौँ । स्वस्थ, सकारात्मक र सन्तुलित जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यले...

हास्यसँग स्वास्थ्य: ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विशेष कार्यक्रम हुने

हास्यसँग स्वास्थ्य: ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विशेष कार्यक्रम हुने

काठमाडौँ । स्वास्थ्य र सकारात्मक जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यका साथ...

कागती पानी : भ्रम की यथार्थ, के-के छन् त यसको फाइदा ?

कागती पानी : भ्रम की यथार्थ, के-के छन् त यसको फाइदा ?

काठमाडौँ । बिहानै खाली पेटमा कागती पानी पिउँदा तौल घट्ने...

निःशुल्क स्वास्थ्य शैय्याको विवरण सार्वजनिक, देशभर ६०० शैय्या उपलब्ध

निःशुल्क स्वास्थ्य शैय्याको विवरण सार्वजनिक, देशभर ६०० शैय्या उपलब्ध

काठमाडाैँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा सञ्चालित Free Health Portal...