back
CTIZAN AD

पृथ्वीको तापक्रम कम गर्न महानगरको भूमिका प्रमुख हुने

वि.सं.२०७३ मंसिर १७ शुक्रवार

1K 

shares

१७ मंसिर, पेरिस । पृथ्वीमा मौसम परिवर्तनसम्बन्धी विश्वव्यापी लक्ष्य पूरा गर्न विश्वका महानगरहरूले एक दशकभित्र संयुक्त रूपमा करिब आधा कार्बन अवशेष कटौती गर्नुपर्ने बिहीबार एक विश्लेषणमा देखिएको छ ।

यसै साता मेक्सिको नगरमा भेला हुने ८४ महानगरका मेयरहरूले कार्बन प्रदूषण कम गर्न दीर्घकालीन बचनबद्धता व्यक्त गर्नुहुने सी४० नामक सहरी शिखर सम्मेलनका आयोजकहरूले जानकारी दिएका छन् ।

यस संस्थाले जारी गरेको प्रतिवेदनमा यसका लागि तत्कालै काम गर्नैपर्ने उल्लेख गरिएको छ ।

सी४० नामक संस्था महानगरको विश्वव्यापी सञ्जाल हो । यसका कार्यकारी निर्देशक मार्क वाट्सले पेरिस सम्झौताको महत्वाकाँक्षी भागमा विश्वका महानगरहरूले योगदान दिनसक्ने वा नसक्ने भन्ने कुरा आउँदो चार वर्षमा निर्धारण हुने बताउनुभयो ।

तीनदिने सम्मेलन अगाडि उहाँले पत्रकारहरूलाई नगरहरूले उग्र रूपमा काम नगरे १९६ मुलुकको मौसमसम्बन्धी सम्झौता कार्यान्वयन हुन नसक्ने बताउनुभयो । उक्त सम्झौतामा गत डिसेम्बरमा फ्रान्समा हस्ताक्षर भएको थियो ।

पेरिस सम्झौतामा विश्वको तापक्रम वृद्धि पूर्वऔद्योगिक स्तरभन्दा माथि पु¥याउन दुई डिग्री सेल्सियसमा कायम राख्नुपर्ने उल्लेख गरिएको छ ।

उक्त सम्झौतामा राखिएको र मुलुकहरूले बचन दिएको कार्बन कटौतीलाई हेर्दा पृथ्वीको तापक्रम तीन डिग्री सेल्सियसले बढ्ने देखिन्छ । वैज्ञानिकहरूले त्यसैले पनि पृथ्वीको मौसममा ठूलो प्रभाव पार्ने बताएका छन् ।

हाल पृथ्वीको तापक्रमका कारण यस ग्रहमा सुखा, ठूला आँधी लु चल्ने गरेको र समुद्रको सतह बढ्दा तटीय क्षेत्रमा बाढी आउने गरेको बताइन्छ ।

मुलुकहरूले आफ्नो बचनबद्धतामा धेरै वर्षसम्म पुनरावलोकन गरेका छैनन् ।

न्यु योर्कका पूर्व मेयर माइकल ब्लुमबर्गले विश्वको तापक्रमको नराम्रो प्रभाव पर्न नदिन नगरहरूले आउँदा दिन तथा वर्षमा ठूलो भूमिका खेल्नुपर्ने बताउनुभयो ।

उहाँ संयुक्त राष्ट्रसङ्घको मौसम परिवर्तनका विषयमा विषेश दूत तथा सी४० संस्थाका अध्यक्ष हुनुहुन्छ ।

उहाँले पत्रकारहरूलाई महानगरका मेयरहरूले यो कुरा उनीहरूको अभिरुचिको विषय भएको थाहा पाएको बताउनुभयो ।

सी४० मुलुकमा ९० नगर सदस्य छन् र उनीहरूले ६५ करोड जनतालाई आवास दिएका छन् ।

एक सय पृष्ठको यस प्रतिवेदनको नाम ‘‘डेडलाइन २०२०’’ रहेको छ । एएफपी

वि.सं.२०७३ मंसिर १७ शुक्रवार ०३:३१ मा प्रकाशित

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानाडाको अर्थतन्त्र क्षेत्रले जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि गरेको...

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक बन्धक...

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै कूटनीतिक सम्झौता...

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

बोगोटा । पेरुको नाज्का सहरनजिक शनिबार युरोपेली पर्यटक बोकेको एउटा...

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

वासिङ्टन । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वका सहयोगी...

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजा सहर । युद्ध अन्त्य गर्ने सम्भावित सम्झौतामा हमासले सहमति...