back

पृथ्वीको तापक्रम कम गर्न महानगरको भूमिका प्रमुख हुने

वि.सं.२०७३ मंसिर १७ शुक्रवार

612 

shares
GLOBAL IME AD
NTC AD

१७ मंसिर, पेरिस । पृथ्वीमा मौसम परिवर्तनसम्बन्धी विश्वव्यापी लक्ष्य पूरा गर्न विश्वका महानगरहरूले एक दशकभित्र संयुक्त रूपमा करिब आधा कार्बन अवशेष कटौती गर्नुपर्ने बिहीबार एक विश्लेषणमा देखिएको छ ।

यसै साता मेक्सिको नगरमा भेला हुने ८४ महानगरका मेयरहरूले कार्बन प्रदूषण कम गर्न दीर्घकालीन बचनबद्धता व्यक्त गर्नुहुने सी४० नामक सहरी शिखर सम्मेलनका आयोजकहरूले जानकारी दिएका छन् ।

यस संस्थाले जारी गरेको प्रतिवेदनमा यसका लागि तत्कालै काम गर्नैपर्ने उल्लेख गरिएको छ ।

सी४० नामक संस्था महानगरको विश्वव्यापी सञ्जाल हो । यसका कार्यकारी निर्देशक मार्क वाट्सले पेरिस सम्झौताको महत्वाकाँक्षी भागमा विश्वका महानगरहरूले योगदान दिनसक्ने वा नसक्ने भन्ने कुरा आउँदो चार वर्षमा निर्धारण हुने बताउनुभयो ।

तीनदिने सम्मेलन अगाडि उहाँले पत्रकारहरूलाई नगरहरूले उग्र रूपमा काम नगरे १९६ मुलुकको मौसमसम्बन्धी सम्झौता कार्यान्वयन हुन नसक्ने बताउनुभयो । उक्त सम्झौतामा गत डिसेम्बरमा फ्रान्समा हस्ताक्षर भएको थियो ।

पेरिस सम्झौतामा विश्वको तापक्रम वृद्धि पूर्वऔद्योगिक स्तरभन्दा माथि पु¥याउन दुई डिग्री सेल्सियसमा कायम राख्नुपर्ने उल्लेख गरिएको छ ।

उक्त सम्झौतामा राखिएको र मुलुकहरूले बचन दिएको कार्बन कटौतीलाई हेर्दा पृथ्वीको तापक्रम तीन डिग्री सेल्सियसले बढ्ने देखिन्छ । वैज्ञानिकहरूले त्यसैले पनि पृथ्वीको मौसममा ठूलो प्रभाव पार्ने बताएका छन् ।

हाल पृथ्वीको तापक्रमका कारण यस ग्रहमा सुखा, ठूला आँधी लु चल्ने गरेको र समुद्रको सतह बढ्दा तटीय क्षेत्रमा बाढी आउने गरेको बताइन्छ ।

मुलुकहरूले आफ्नो बचनबद्धतामा धेरै वर्षसम्म पुनरावलोकन गरेका छैनन् ।

न्यु योर्कका पूर्व मेयर माइकल ब्लुमबर्गले विश्वको तापक्रमको नराम्रो प्रभाव पर्न नदिन नगरहरूले आउँदा दिन तथा वर्षमा ठूलो भूमिका खेल्नुपर्ने बताउनुभयो ।

उहाँ संयुक्त राष्ट्रसङ्घको मौसम परिवर्तनका विषयमा विषेश दूत तथा सी४० संस्थाका अध्यक्ष हुनुहुन्छ ।

उहाँले पत्रकारहरूलाई महानगरका मेयरहरूले यो कुरा उनीहरूको अभिरुचिको विषय भएको थाहा पाएको बताउनुभयो ।

सी४० मुलुकमा ९० नगर सदस्य छन् र उनीहरूले ६५ करोड जनतालाई आवास दिएका छन् ।

एक सय पृष्ठको यस प्रतिवेदनको नाम ‘‘डेडलाइन २०२०’’ रहेको छ । एएफपी

वि.सं.२०७३ मंसिर १७ शुक्रवार ०३:३१ मा प्रकाशित

अमेरिकी सरकारद्वारा विदेशी विद्यार्थी भर्ना गर्ने हार्वर्डको अधिकार खारेज

अमेरिकी सरकारद्वारा विदेशी विद्यार्थी भर्ना गर्ने हार्वर्डको अधिकार खारेज

न्युयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले बिहीबार हार्वर्डको विदेशी...

अपार्टमेन्टमा आगलागी हुँदा पाँच जनाको मृत्यु

अपार्टमेन्टमा आगलागी हुँदा पाँच जनाको मृत्यु

भ्लादिभोस्तोक, रूस । रूसको चुकोतका स्वायत्त क्षेत्रको राजधानी अनादिरस्थित एक...

नयाँ वार्ताअघि भन्सार शुल्कमा ट्रम्पलाई जापानी प्रधानमन्त्रीको दबाब

नयाँ वार्ताअघि भन्सार शुल्कमा ट्रम्पलाई जापानी प्रधानमन्त्रीको दबाब

टोकियो । जापानका प्रधानमन्त्री शिगेरु इसिबाले शुक्रबार अमेरिकी राष्ट्रपति डोनाल्ड...

विश्वभरका इजरायली मिसनहरूमा सुरक्षा बढाउने नेतान्याहुको आदेश

विश्वभरका इजरायली मिसनहरूमा सुरक्षा बढाउने नेतान्याहुको आदेश

जेरुसेलम । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बिहीबार वासिङ्टनको यहुदी सङ्ग्रहालय...

उत्तर कोरियाको युद्धपोत प्रक्षेपणमा ‘गम्भीर’ दुर्घटना

उत्तर कोरियाको युद्धपोत प्रक्षेपणमा ‘गम्भीर’ दुर्घटना

सियोल । उत्तर कोरियाको नयाँ नौसैनिक विध्वंसकको प्रक्षेपण समारोहमा ठूलो...

ग्रिसको क्रेट टापुमा ६.१ म्याग्निच्युडको भूकम्प

ग्रिसको क्रेट टापुमा ६.१ म्याग्निच्युडको भूकम्प

एथेन्स । ग्रिक टापु क्रेट र सान्टोरिनीमा बिहीबार ६.१ म्याग्निच्युडको...