back
CTIZAN AD

लघुकथा : जीवन यस्तै

वि.सं.२०७६ कात्तिक ३० शनिवार

1.2K 

shares

बाख्रीले विलौना गरेर रोएको देखेर मखमली फुलले सोधेछ–के भो सखी ? गहभरि आँसु लिएर भक्कानिदै भनि–मेरो प्यारालाइ दशैंमा काटेर खाए पापिहरुले । बाख्रीको कुरा सुनेर मखमली रुन थाली–ओहो ! दुखद खबर सुनायौं । सान्त्वना दिदै भन्छे – नरोउ सखी । मान्छेको जात निर्दयी अनि नम्बरी स्वार्थी हो । कुरा मिठा मिठा ठुला ठुला गर्छन । व्यवहारमा उल्टो । आफ्नो बाहेक अरुको पिर मार्का बुझ्दैनन् । जे भो भैगयो बिर्सिदेउ सखी । मखमलीको कुरा सुनेर बाख्रीले भन्छ–कसरी मन बुझाउँ सखी । झलझल प्याराको सम्झना आइ रहन्छ । चर्न मन लाग्दैन । मखमली भन्छे –त्यसो नभन । रोएर प्यारा आउने हैन । जसरी पनि मन बुझाएर अब बस्नु पर्छ सखी । मलाइ हेरन ! पोहर साल तिहारमा पापिहरुले मेरि आमालाइ चुडाएर लगे । अब मलाइ पनि चुडेर लान्छन । यी सब थाहा पाएर पनि म चिन्ता नगरेर हाँसेर बसेकी छु ।

एकदिन सबैलाइ मर्नु पर्छ । मान्छे कालले हामी अनिकालले मर्नु पर्छ । आखिर सबैको कर्मको लेखा जोखा उनै इश्वरले गर्ने हुन् । आँसु पुछ्दै बाख्रीले भन्छ–हो सखी ! यो मान्छेलाइ यस्तो सजाय दिनुपर्छ । फेरि कसैको हत्या गर्दा शय पल्ट सोंचोस् । कसैको हत्या गर्नु जघन्य अक्षम्य अपराध हो भन्ने बुझोस् । साँझ पर्न लागेकोले बाख्रीले भन्छ–जान्छु है सखी । भोलि भेटमला । मखमली भन्छे–के थाहा सखी ! यै हाम्रो अन्तिम भेट हुन सक्छ । तिहार आउनै लाग्यो । मलाइ चुडाएर लाने हुन कि ? भोलि मलाइ नदेखे दुःख नमान्नु है । किन कि हाम्रो जीवन यस्तै । बाख्री रुँदै खोर तिर लाग्छ ।

वि.सं.२०७६ कात्तिक ३० शनिवार ०८:४८ मा प्रकाशित

कालो आँधीले तातेको नेपाली साहित्यको बजार

कालो आँधीले तातेको नेपाली साहित्यको बजार

काठमाडाैँ । प्रसिद्ध लेखक एवं कवि डा. दामोदर पुडासैनी ‘किशोर’...

‘समय भित्रको समय’ पुस्तक ललितपुरमा चर्चा तथा रचना वाचन सम्पन्न

‘समय भित्रको समय’ पुस्तक ललितपुरमा चर्चा तथा रचना वाचन सम्पन्न

ललितपुर । ललितपुरको लुभुस्थित नमूना इङ्गलिस सेकेण्डरी स्कुलमा "समय भित्रको...

झिल्का कविता

झिल्का कविता

वसन्त अनुभव वसन्तविहार, घोराही दाङ १. परिस्थिति रहोस् कस्तै प्रगाढ...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ,साम्ची,भुटान प्रणाम बुद्ध तिमीलाई हटाइदियौ अन्धकार बुद्ध...

कविता : श्रमिक

कविता : श्रमिक

अलख निरन्जन लोहार टीकापुर, कैलाली हाल : भारत आफ्नो पौरखले...

सुसेली: राजा दशरथ

सुसेली: राजा दशरथ

माधवप्रसाद रिजाल ( माधवानन्द ) वीरगञ्ज रधु कुलमा ‌जन्मे थे...