नाता हाम्रो टुटेपछि
यात्रा बिचमै छुटेपछि
यस्तो ठाउँमा उभेकोछु
न त पर्ख भन्न सक्छु
न त फर्क भन्न सक्छु ।
भूलै भूलको यो कथामा
कसुर तिम्रो हुदै होइन
साथ त्यसै छुटाउनु खोज्ने
दस्तुर मेरो पक्कै होइन
एउटै भूलको अन्तिम सजाय
भोक्दै एक्लै हिड्दै नै छु
न त पर्ख भन्न सक्छु
न त फर्क भन्न सक्छु ।
ढुकढुकी तिम्रो छाम्न नसकि
बाटो मैले बिराएको हुँ
सुनसान तिम्रो रातहरुमा
दुख्ने गरि पिराएको हुँ
तिमी गएको हेरि रहदा
नहुनु अबेर भए पछि
न त पर्ख भन्न सक्छु
न त फर्क भन्न सक्छु ।
वि.सं.२०७६ कात्तिक ३० शनिवार ०९:०३ मा प्रकाशित






























