back
CTIZAN AD

कविता : सपना बुनेको रात

वि.सं.२०७६ कात्तिक ३० शनिवार

2.2K 

shares

छैनन् फुटेका हत्केलाहरु त्यहाँ
सिरानी तिमीलाई लगाइदिनलाई
पिडा तिम्रा पनि अनगिन्ती छन्
सक्दिन साथ दिन म तिमीलाई

प्रदेशी रुन्छन रे बन्द कोठामा
छैन आँसु सँगै बसेर रुनलाई
लहर उर्लन्छ मनको समुन्द्रीमा
सकिएन पिडा बगाउनलाई

चाहना बगेका छन खहरे बनेर
कसरी सुनुँ त्यो सुमधुर धुनलाई ?
धडकदै होला ढुकढुकि मुटुको
छैनन हात त्यहाँ ढडकन नाप्नलाई

मिर्मिरेको उज्यालो सङै उठेर
हुन्न फुर्सद यहाँ दुस्ख पोख्नलाई
एक्लै हाँस्ने एक्लै रुने बानी भो
रातको प्रतीक्षा गर्छु सपना बुन्नलाई

पराइ मुलुक छुट्टै छ यहाँको भेष
भुल्छु सबै दुःख सम्झेर तिमीलाई
साटेको छु पसिनाले आफ्नै जीवन
छैन यहाँ चौतारी भारी बिसाउनलाई

आँखाको नानीभित्र फुल्छ जीवन
जान्नु पर्दो रहेछ रमेर जिउनलाई
मात्रा नमिले अमृत पनि बिष हुन्छ
छैन सियो फाटेको मन सिलाउनलाई

कसले भन्न सक्छ मुनामदन छैनन्
ल्हासा जाँदाको कथा भन्नलाई
लाखौ मदन विवश छन् झन् आज
बिमारी आमा र मुना छोडि जानलाई
दुःख र पिडा त कति छन कति
सिर्फ देबकोटा छैनन आज
यी मदनहरुको कथा लेख्नलाई ।।

हाल-काबुल, अफगानिस्तान

वि.सं.२०७६ कात्तिक ३० शनिवार ०९:२४ मा प्रकाशित

कालो आँधीले तातेको नेपाली साहित्यको बजार

कालो आँधीले तातेको नेपाली साहित्यको बजार

काठमाडाैँ । प्रसिद्ध लेखक एवं कवि डा. दामोदर पुडासैनी ‘किशोर’...

‘समय भित्रको समय’ पुस्तक ललितपुरमा चर्चा तथा रचना वाचन सम्पन्न

‘समय भित्रको समय’ पुस्तक ललितपुरमा चर्चा तथा रचना वाचन सम्पन्न

ललितपुर । ललितपुरको लुभुस्थित नमूना इङ्गलिस सेकेण्डरी स्कुलमा "समय भित्रको...

झिल्का कविता

झिल्का कविता

वसन्त अनुभव वसन्तविहार, घोराही दाङ १. परिस्थिति रहोस् कस्तै प्रगाढ...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ,साम्ची,भुटान प्रणाम बुद्ध तिमीलाई हटाइदियौ अन्धकार बुद्ध...

कविता : श्रमिक

कविता : श्रमिक

अलख निरन्जन लोहार टीकापुर, कैलाली हाल : भारत आफ्नो पौरखले...

सुसेली: राजा दशरथ

सुसेली: राजा दशरथ

माधवप्रसाद रिजाल ( माधवानन्द ) वीरगञ्ज रधु कुलमा ‌जन्मे थे...