छैनन् फुटेका हत्केलाहरु त्यहाँ
सिरानी तिमीलाई लगाइदिनलाई
पिडा तिम्रा पनि अनगिन्ती छन्
सक्दिन साथ दिन म तिमीलाई
प्रदेशी रुन्छन रे बन्द कोठामा
छैन आँसु सँगै बसेर रुनलाई
लहर उर्लन्छ मनको समुन्द्रीमा
सकिएन पिडा बगाउनलाई
चाहना बगेका छन खहरे बनेर
कसरी सुनुँ त्यो सुमधुर धुनलाई ?
धडकदै होला ढुकढुकि मुटुको
छैनन हात त्यहाँ ढडकन नाप्नलाई
मिर्मिरेको उज्यालो सङै उठेर
हुन्न फुर्सद यहाँ दुस्ख पोख्नलाई
एक्लै हाँस्ने एक्लै रुने बानी भो
रातको प्रतीक्षा गर्छु सपना बुन्नलाई
पराइ मुलुक छुट्टै छ यहाँको भेष
भुल्छु सबै दुःख सम्झेर तिमीलाई
साटेको छु पसिनाले आफ्नै जीवन
छैन यहाँ चौतारी भारी बिसाउनलाई
आँखाको नानीभित्र फुल्छ जीवन
जान्नु पर्दो रहेछ रमेर जिउनलाई
मात्रा नमिले अमृत पनि बिष हुन्छ
छैन सियो फाटेको मन सिलाउनलाई
कसले भन्न सक्छ मुनामदन छैनन्
ल्हासा जाँदाको कथा भन्नलाई
लाखौ मदन विवश छन् झन् आज
बिमारी आमा र मुना छोडि जानलाई
दुःख र पिडा त कति छन कति
सिर्फ देबकोटा छैनन आज
यी मदनहरुको कथा लेख्नलाई ।।
हाल-काबुल, अफगानिस्तान
वि.सं.२०७६ कात्तिक ३० शनिवार ०९:२४ मा प्रकाशित






























