back
CTIZAN AD

कविता : छिमेकी

वि.सं.२०७६ कात्तिक ३० शनिवार

7.2K 

shares

छिमेकि ऋषि रूपका
तर कङ्स हृदयका
मुस्कानयुक्त चेहराले
अङ्कमाल गर्छन्
सदा मीठो बोल्छन्
यी उनका गुणहरू हैनन्
बल्छी र पासो हुन्
सबै हतियारहरू हुन्
सहानुभूतिपूर्बक एक चीम्टी दिन्छन्
एक भकारी बलजफ्ती लुटेर लान्छन्
फराकिलो मानचित्रमा बसेर के गर्नु
साँघुरो चिन्तनमा छन्
दासत्वमा हुर्किएर नै होला सायद
कहिल्यै दास नभएकाप्रति
दास मनस्थितिले ब्यबहार गर्छन् ।

हाम्रा छिमेकी निर्लज्ज छन्
बस्त्रबिहिन कलेवरमा उभिन्छन्
हाम्रो खुसीको स्वर्णिम फूलवारीमा
मनपरी चर्न चाहन्छन्
पुर्खाको रगतले सिमाङ्कन गरेको
हाम्रो साँधको पर्खाल सार्छन्
साधन र स्रोतहरू उपर
लोभी थुतुनो गाडेर
दिउँसै डाँका मार्छन् ।

स्वार्थको कुटुरो बोकेर
बेला न कुवेला
हाम्रोतिर पनि झटारिन्छन्
निश्वार्थ संबन्धको
हाम्रो तृष्णा उपर
हासिमजाक गर्छन्
लोकतन्त्र र समानताको ठस्सासँगै
बिस्तारवादको साँढेमा चढेर
लखेट्छन्, बेर्छन् अनि डस्छन्
बन्दुकको गोलीजस्तै
छिमेकमा छेडिँदै हिडेका छन्
चारैतिर डरको अँध्यारो सल्काई रहेछन्
उनका अत्याचारहरू
निको नहुने घाउ वनेर टन्किएका छन् ।
####
गोरखा बजार,हाल : म्याडिसन, अमेरिका
नोभेम्वर ११, २०१९

वि.सं.२०७६ कात्तिक ३० शनिवार ०९:२७ मा प्रकाशित

कालो आँधीले तातेको नेपाली साहित्यको बजार

कालो आँधीले तातेको नेपाली साहित्यको बजार

काठमाडाैँ । प्रसिद्ध लेखक एवं कवि डा. दामोदर पुडासैनी ‘किशोर’...

‘समय भित्रको समय’ पुस्तक ललितपुरमा चर्चा तथा रचना वाचन सम्पन्न

‘समय भित्रको समय’ पुस्तक ललितपुरमा चर्चा तथा रचना वाचन सम्पन्न

ललितपुर । ललितपुरको लुभुस्थित नमूना इङ्गलिस सेकेण्डरी स्कुलमा "समय भित्रको...

झिल्का कविता

झिल्का कविता

वसन्त अनुभव वसन्तविहार, घोराही दाङ १. परिस्थिति रहोस् कस्तै प्रगाढ...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ,साम्ची,भुटान प्रणाम बुद्ध तिमीलाई हटाइदियौ अन्धकार बुद्ध...

कविता : श्रमिक

कविता : श्रमिक

अलख निरन्जन लोहार टीकापुर, कैलाली हाल : भारत आफ्नो पौरखले...

सुसेली: राजा दशरथ

सुसेली: राजा दशरथ

माधवप्रसाद रिजाल ( माधवानन्द ) वीरगञ्ज रधु कुलमा ‌जन्मे थे...