back
CTIZAN AD

इमिरेट्सले एअरबससँग ५० विमान किन्ने सम्झौता

वि.सं.२०७६ मंसिर ३ मंगलवार

843 

shares

३ मसिंर, दुबई । ख्यातिप्राप्त विमान कम्पनी, इमिरेट्स एअरलाइनले एअरबस ३५०–९०० (वाइडबडी) ५० वटा विमान खरीद गर्न युरोपेली बहुराष्ट्रिय विमान कम्पनी एअरबससँग १६ अर्ब अमेरिकी डलर बराबरको सम्झौता गरेको छ ।

कम्पनीले सोमबार दिएको जानकारीअनुसार उक्त विमानहरूले सन् २०२३ को मेदेखि सेवा दिनेगरी सम्झौता भएको हो । “संयुक्त अरब इमिरेट्सको ध्वजाबाहक विमान कम्पनीले एअरबस ३५० का ५० विमान किन्ने सम्झौता भएको घोषणा गर्न पाउँदा खुसी लागेको छ ।,” इमिरेट्स कम्पनीका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत शेख अहमद् विन साइद अल-माक्तौमले सञ्चारकमीसँग बताए ।

इमिरेट्सले विश्वका विभिन्न ८४ मुलुकका १५८ गन्तव्यमा उडान भर्दै आएको छ । हाल कम्पनीसँग २६७ ठूला तथा १०० भन्दा बढी एअरबस रहेका छन् । “सम्झौता हुनु एअरबसका लागि खुसीको कुरा हो,” बहुराष्ट्रिय विमान निर्माण कम्पनी एअरबसका प्रमुख कार्यकारी अधिकृत गुलियाम फाउरले बताए । उनले थपे, “इमिरेट्सले एअरबसलाई रोजेकोमा हामी गौरवान्वित भएका छौँ ।”

वि.सं.२०७६ मंसिर ३ मंगलवार ०९:४४ मा प्रकाशित

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिस । फ्रान्स र साउदी अरबले पेरिसनजिकै ६ अर्ब युरो...

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

पछिल्लो समय युवाहरू खर्च घटाउने तत्कालीन उपायभन्दा भविष्यमा उपयोगी हुने...

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित...

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका...

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

(बेइजिङ, रोयटर्स) । चीनको बेइजिङमा आयोजित विश्व ह्युमनोइड रोबोट खेलकुद...

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

हङकङ । चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा...