back
CTIZAN AD

फ्रान्समा राष्ट्रपति अलोँ उम्मेदवार नहुने भएपछि वामपन्थी क्षेत्रमा उम्मेदवारी खुला

वि.सं.२०७३ मंसिर १८ शनिवार

1K 

shares

१८ मङ्सिर, पेरिस । फ्रान्सेली राष्ट्रपति फ्राँस्वा अलोँले दोस्रो पदावधिका लागि प्रयास नगर्ने बताउनुभएपछि उहाँका प्रधानमन्त्री म्यानुएल भाल्सलाई आउँदो वर्ष हुने राष्ट्रपति पदको निर्वाचनका लागि उम्मेदवार हुन मार्ग खुला भएको छ ।

राष्ट्रपति अलोँप्रतिको समर्थन हाल निकै कम छ र उहाँले त्यसलाई स्वीकार गर्दै आउँदो वर्ष पदबाट हट्ने निर्णय गर्नुभएको छ । यसबाट वामपन्थी क्षेत्रबाट निर्वाचनका लागि स्थान खुला भएको छ र त्यो अनुमान गर्न नसकिने भएको छ ।

राष्ट्रपति अलोँका समर्थक देखिनुभएका प्रधानमन्त्री भाल्सले आफूले वामपन्थीका तर्फबाट प्रारम्भिक चरणको निर्वाचनमा राष्ट्रपति अलोँको विरुद्ध उम्मेदवार हुने गत साता सङ्केत दिनुभएको थियो । अब उहाँ उम्मेदवार बन्ने अनुमान गरिएको छ ।

अभिमत सर्वेक्षणमा कुनै पनि वामपन्थी नेताले मे महिनामा हुने दोस्रो चरणका निर्वाचनमा प्रवेश नपाउने देखिएको छ ।

हाल सर्वेक्षणमा दक्षिणपन्थी रिपब्लिकन पार्टीका उम्मेदवार फ्राँस्वा फिलोँ कट्टर दक्षिणपन्थी नेसनल फ्रन्टका उम्मेदवार म्यारिन ल पेँलाई पराजित गरी राष्ट्रपति बन्नुहुने अवस्था देखिएको छ । एएफपी

वि.सं.२०७३ मंसिर १८ शनिवार ०२:१४ मा प्रकाशित

पाकिस्तानमा वर्षाले १०९ जनाको ज्यान लियो

पाकिस्तानमा वर्षाले १०९ जनाको ज्यान लियो

लाहोर (पाकिस्तान) । पाकिस्तानमा मनसुनजन्य वर्षा र त्यसपछि आएको आकस्मिक...

जापानमा ७.१ म्याग्निच्युडको भूकम्प पछि सुनामीको चेतावनी

जापानमा ७.१ म्याग्निच्युडको भूकम्प पछि सुनामीको चेतावनी

टोकियो। दक्षिण पश्चिमी जापानमा मङ्गलबार ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गए...

इरानी जहाजमाथि आक्रमणपछि युक्रेनलाई तेहरानको कडा चेतावनी

इरानी जहाजमाथि आक्रमणपछि युक्रेनलाई तेहरानको कडा चेतावनी

तेहरान (एएफपी) । क्यास्पियन सागरमा आफ्नो एक व्यापारिक जहाजमाथि भएको...

फ्रान्स र स्पेनमा भीषण डढेलो, तीन लाखभन्दा बढी मानिस विस्थापित

फ्रान्स र स्पेनमा भीषण डढेलो, तीन लाखभन्दा बढी मानिस विस्थापित

फ्रान्स र स्पेनमा केही दिनदेखि फैलिएको भीषण डढेलोका कारण तीन...

कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

किन्शासा । पूर्वी डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो (डीआरसी)मा ‘एलाइड डेमोक्रेटिक...

यमनमा पहिलोपटक महिला विदेशमन्त्री नियुक्त

यमनमा पहिलोपटक महिला विदेशमन्त्री नियुक्त

यमनले अफराह अल–जौबालाई विदेशमन्त्री नियुक्त गरेको छ। उनको नियुक्तिसँगै यमनको...