back

फ्रान्समा राष्ट्रपति अलोँ उम्मेदवार नहुने भएपछि वामपन्थी क्षेत्रमा उम्मेदवारी खुला

वि.सं.२०७३ मंसिर १८ शनिवार

615 

shares
GLOBAL IME AD
NTC AD

१८ मङ्सिर, पेरिस । फ्रान्सेली राष्ट्रपति फ्राँस्वा अलोँले दोस्रो पदावधिका लागि प्रयास नगर्ने बताउनुभएपछि उहाँका प्रधानमन्त्री म्यानुएल भाल्सलाई आउँदो वर्ष हुने राष्ट्रपति पदको निर्वाचनका लागि उम्मेदवार हुन मार्ग खुला भएको छ ।

राष्ट्रपति अलोँप्रतिको समर्थन हाल निकै कम छ र उहाँले त्यसलाई स्वीकार गर्दै आउँदो वर्ष पदबाट हट्ने निर्णय गर्नुभएको छ । यसबाट वामपन्थी क्षेत्रबाट निर्वाचनका लागि स्थान खुला भएको छ र त्यो अनुमान गर्न नसकिने भएको छ ।

राष्ट्रपति अलोँका समर्थक देखिनुभएका प्रधानमन्त्री भाल्सले आफूले वामपन्थीका तर्फबाट प्रारम्भिक चरणको निर्वाचनमा राष्ट्रपति अलोँको विरुद्ध उम्मेदवार हुने गत साता सङ्केत दिनुभएको थियो । अब उहाँ उम्मेदवार बन्ने अनुमान गरिएको छ ।

अभिमत सर्वेक्षणमा कुनै पनि वामपन्थी नेताले मे महिनामा हुने दोस्रो चरणका निर्वाचनमा प्रवेश नपाउने देखिएको छ ।

हाल सर्वेक्षणमा दक्षिणपन्थी रिपब्लिकन पार्टीका उम्मेदवार फ्राँस्वा फिलोँ कट्टर दक्षिणपन्थी नेसनल फ्रन्टका उम्मेदवार म्यारिन ल पेँलाई पराजित गरी राष्ट्रपति बन्नुहुने अवस्था देखिएको छ । एएफपी

वि.सं.२०७३ मंसिर १८ शनिवार ०२:१४ मा प्रकाशित

अमेरिकी सरकारद्वारा विदेशी विद्यार्थी भर्ना गर्ने हार्वर्डको अधिकार खारेज

अमेरिकी सरकारद्वारा विदेशी विद्यार्थी भर्ना गर्ने हार्वर्डको अधिकार खारेज

न्युयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले बिहीबार हार्वर्डको विदेशी...

अपार्टमेन्टमा आगलागी हुँदा पाँच जनाको मृत्यु

अपार्टमेन्टमा आगलागी हुँदा पाँच जनाको मृत्यु

भ्लादिभोस्तोक, रूस । रूसको चुकोतका स्वायत्त क्षेत्रको राजधानी अनादिरस्थित एक...

नयाँ वार्ताअघि भन्सार शुल्कमा ट्रम्पलाई जापानी प्रधानमन्त्रीको दबाब

नयाँ वार्ताअघि भन्सार शुल्कमा ट्रम्पलाई जापानी प्रधानमन्त्रीको दबाब

टोकियो । जापानका प्रधानमन्त्री शिगेरु इसिबाले शुक्रबार अमेरिकी राष्ट्रपति डोनाल्ड...

विश्वभरका इजरायली मिसनहरूमा सुरक्षा बढाउने नेतान्याहुको आदेश

विश्वभरका इजरायली मिसनहरूमा सुरक्षा बढाउने नेतान्याहुको आदेश

जेरुसेलम । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बिहीबार वासिङ्टनको यहुदी सङ्ग्रहालय...

उत्तर कोरियाको युद्धपोत प्रक्षेपणमा ‘गम्भीर’ दुर्घटना

उत्तर कोरियाको युद्धपोत प्रक्षेपणमा ‘गम्भीर’ दुर्घटना

सियोल । उत्तर कोरियाको नयाँ नौसैनिक विध्वंसकको प्रक्षेपण समारोहमा ठूलो...

ग्रिसको क्रेट टापुमा ६.१ म्याग्निच्युडको भूकम्प

ग्रिसको क्रेट टापुमा ६.१ म्याग्निच्युडको भूकम्प

एथेन्स । ग्रिक टापु क्रेट र सान्टोरिनीमा बिहीबार ६.१ म्याग्निच्युडको...