back
CTIZAN AD

देवदह नगरपालिकाले कुनै पनि हिंसा सहेर बस्दैन -नगरप्रमुख खत्री

वि.सं.२०७६ मंसिर ९ सोमवार

1.1K 

shares

९ मंसिर, रुपन्देही । रुपन्देहीको देवदह नगरपालिकाका नगरप्रमुख हिरा बहादुर खत्रीले आफूले कुनै पनि हिंसा सहेर नबस्ने बताएका छन् । उनले आफ्नो नगर भित्र हुने गरेका कुनै पनि हिंसालाई नगरपालिकाले दबाएर, लुकाएर र सहेर नबस्ने बताएका हुन् । ‘समानताको पुस्ता, बलात्कार विरूद्ध ऐक्यवद्धता’ भन्ने नारा सहित देशैभरी सुरु भएको लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान अन्तर्गत नगरपालिकाले गरेको प्रभातफेरि कार्यक्रममा बोल्दै नगर प्रमुख खत्रीले लैङ्गिक हिंसा बिरुद्ध आफुहरु सदैव लागि परिरहने बताएका छन् ।

देवदह नगरपालिकाले कार्यक्रमका लागि मात्र कार्यक्रम नगरेको भन्दै नगरप्रमुख खत्रीले नगरपालिकाभित्र हुने जस्तो सुकै हिंसालाई निर्मूल पार्न आफूहरुले अभियान नै अगाडी बढाएको बताए ।

“यो कार्यक्रमबाट नगरका सबै गाउँ ठाउँमा सन्देश पुगोस कि हामीले कुनै पनि हिंसालाई सहेर बस्ने छैनौ नगर प्रमुख खत्रीले भने, ‘यदी कहि कतै हिंसा भएको थाहा पाएमा तुरुन्त कारबाही गर्ने छौ ।’ नगरप्रमुख खत्रीले देवदह शान्तिका अग्रदूत गौतम बुद्धको मावली गाउँ भएको कारण पनि हिसांबाट टाढा रहन सबै नगरबासीलाई आग्रह गरेका छन् ।

कार्यक्रममा देवदह नगरपालिकाका उपप्रमुख विद्या लक्ष्मी गुरुङले आफुहरुले देव दह नगरपालिकालाई देवदह लैङ्गिक हिंसा मुक्त नगर बनाउन चाहेको बताइन् । पुरुष वा नारीमाथि हुने हिंसा लैङिग हिंसा भएको हुँदा आफ्नो नगरभित्र यस्ता हिंसाहरु निर्मूल पार्न सबै लागि पर्नु पर्नेमा उनको जोड थियो । कुनै पनि काम गर्न नगरले मात्र चाहेर नहुने भन्दै उपप्रमुख गुरुङले सबैले सहयोग गर्न गरिन् । लैङ्गिक हिंसा विरुद्ध अभियानको संयोजक समेत रहेकी उपप्रमुख गुरुङले महिलाहरुमाथि हिंसा राजनीतिक र सामाजिक कारणले पनि हुने गरेको भन्दै यसलाई निर्मूल पार्न महिलाहरुलाई शिक्षा, सिप मुलुक तालिमहरु प्रदान गरी उनिहरुको जिवन उकास्न आफुहरु लागि परेको बताइन् ।

कार्यक्रममा देवदह नगरपालिकाका प्रवक्ता झिल्लु प्रसाद न्यौपाने, नेपाली कांग्रेस देवदह नगर कमिटिका सभापति गुनाखर भुर्तेल र नेकपा देवदह नगर कमिटिका अध्यक्ष प्रकास अर्याल लगायतले समाजमा हुने लैङ्गिक हिंसा विरुद्ध सबैले आवाज उठाउनु पर्ने बताएका थिए ।

‘नारी अस्मिताको रक्षा गर, घर शान्ति नै विश्व शान्तिको आधार’, ‘दिगो विकासका लागि लैङ्गिक हिंसा रहित समाज’,
‘महिला हिंसा समाजलाई क्षति हो, आमा प्रतिको बैमानी हो’, ‘बलात्करीलाई कारबाही गर’, ‘हत्या हिंसा बलात्कार समाजबाट, बहिस्कार गर’ जस्ता नारा सहित देवदहको खैरेनि चोकदेखी शितलनगर सम्म प्रभातफेरि कार्यक्रम गरिएको थियो ।

वि.सं.२०७६ मंसिर ९ सोमवार १५:०० मा प्रकाशित

सिक्टा नहरको पानीले किसानलाई राहत, धमाधम रोपाइ गर्दै

सिक्टा नहरको पानीले किसानलाई राहत, धमाधम रोपाइ गर्दै

रुपनी जिएम, जानकी (बाँके)। पर्याप्त वर्षा नहुँदा पनि सिक्टा सिँचाइ आयोजनाबाट...

अत्यधिक गर्मी बढेपछि लमहीका विद्यालय चार दिन बिदा

अत्यधिक गर्मी बढेपछि लमहीका विद्यालय चार दिन बिदा

घोराही (दाङ) । लमही नगरपालिकाले पछिल्लो समय अत्यधिक गर्मी बढेपछि...

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

नवलपुरको देवचुली नगरपालिकाको १८औँ नगरसभा अधिवेशन सम्पन्न भएको छ। नगर...

लुम्बिनी प्रदेशको बजेट : यी हुन् प्राथमिकताका क्षेत्र

लुम्बिनी प्रदेशको बजेट : यी हुन् प्राथमिकताका क्षेत्र

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले प्रदेशको शिक्षा र सामाजिक विकासका...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

लुम्बिनीको बजेट सोमबार

लुम्बिनीको बजेट सोमबार

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ को...