back
CTIZAN AD

संविधान संशोधन प्रस्ताव पारित हुन्छ र हुँदैनको जुहारी

वि.सं.२०७३ मंसिर १८ शनिवार

1.2K 

shares

sherb deuba१८ मङ्सिर । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संविधान संशोधन प्रस्ताव पारित हुने विश्वास व्यक्त गर्नुभएको छ ।

प्रेस युनियन सुनसरीले लौकहीमा शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा सभापति देउवाले सो कुरा बताउनुभएको हो ।

देउवाले अहिलेको संविधान संशोधनले समस्याको समाधान गर्ने भएकाले पारित हुने र त्यसपछि मुलुक राजनीतिक निकास तर्फ उन्मुख हुने बताउनुभयो ।

उहाँले संविधान संशोधनमा एमालेले पनि साथ र सहयोग गर्नेमा आफू विश्वस्त रहेको उल्लेख गर्नु भयो । पूर्व प्रधानमन्त्री समेत रहनुभएका देउवाले संविधान संशोधन भएपछि मुलुक निर्वाचनमा जाने र शान्ति तथा स्थायित्व कायम हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले काँग्रेस १ नं प्रदेशबाट सुनसरी, मोरङ र झापा टुक्राउन कुनैपनि हालतमा सहमत हुदैन भन्नु भयो ।

उहाँले संविधान संशोधन प्रस्ताव पारित नभए पनि सरकार परिवर्तन नहुने र यही सरकारले काम चलाउने जिकिर गर्नुभयो ।
सभापति देउवाले संविधान संशोधन प्रस्ताव मधेसी दलका लागि नभई मधेसी जनताका लागि भएका कारण यो प्रस्तावलाई सबैले स्वीकार गर्नुपर्ने विचार व्यक्त गर्नु भयो ।
कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री सीताराम मेहता, श्रम राज्यमन्त्री दिलीप गच्छदार, पूर्व सूचना तथा सञ्चारमन्त्री डा मीनेन्द्र रिजाल, पूर्व वनमन्त्री महेश आचार्य, काँग्रेसका केन्द्रीय सदस्य फरमुल्लाह मन्सुर, सुनसरी जिल्ला सभापति राजिव कोइराला, सचिव केदार भण्डारीलगायतको सहभागिता रहेको थियो ।
संविधान संशोधन प्रस्ताव फेल हुन्छ : मन्त्री पाण्डे
अर्कोतर्फ सत्ता साझेदारी दल मध्येकै भुमिसुधार तथा व्यवस्थामन्त्री विक्रम पाण्डेले सरकारले सदनमा पेस गरेको संविधान संशोधन विधेयक फेल हुने दाबी गर्नुभएको छ ।

राप्रपा र राप्रपा नेपालको जिल्ला तहको एकीकरणका लागि लमजुङ आउनुभएका मन्त्री पाण्डेले यस्तो बताउनुभएको हो । सरकारले सत्ता साझेदार दल र सरकारमा सहभागी मन्त्रीहरुसँग समेत कुनै परामर्श नगरी संशोधन प्रस्ताव पेस गरेकाले आफूहरु संशोधनको विपक्षमा रहेको उहाँको भनाई थियो ।
“सत्ता साझेदार नेपाली काँग्रेस र माओवादी केन्द्रका सांसद समेत संशोधनको विपक्षमा छन् यस्तो अवस्थामा कसरी संशोधन प्रस्ताव पारित हुन्छ रु”उहाँले प्रश्न गर्नु भयो ।
मन्त्री पाण्डेले आफूले पाँच विकास क्षेत्रलाई नै ५ प्रदेश मानेर सीमाङ्कन गर्न गरेको आग्रहलाई अस्वीकार गरेर ठूला दलका नेताले गम्भीर त्रुटी गरेको आरोप समेत लगाउनुभयो ।
सरकारको काम जनअपेक्षा अनुरुप हुन नसकेको स्वीकार गर्दै मन्त्री पाण्डेले भूमिसुधार मन्त्रालयले भने जनतालाई अनुभूति हुने गरी काम गरेको दाबी गर्नुभयो ।

राप्रपा र राप्रपा नेपालको एकीकरणले देशमा राष्ट्रवादी शक्तिको मनोवल उच्च राखेको भन्दै मन्त्री पाण्डेले आगमी निर्वाचनमा राप्रपा वैकल्पिक शक्तिको रुपमा उदाउने बताउनु भयो । रासस

वि.सं.२०७३ मंसिर १८ शनिवार ११:२४ मा प्रकाशित

नेकपा नेताहरुमाथि अनुसन्धान बढ्न सक्ने मुकुल ढकालको दाबी

नेकपा नेताहरुमाथि अनुसन्धान बढ्न सक्ने मुकुल ढकालको दाबी

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संस्थापक पूर्वमहामन्त्री मुकुल ढकालले...

भ्रामक भिडियो बनाएको आरोपमा मीनकुमार गुरुङविरुद्ध मुद्दा

भ्रामक भिडियो बनाएको आरोपमा मीनकुमार गुरुङविरुद्ध मुद्दा

काठमाडौं । गृहमन्त्री सुदन गुरुङको बैंक खातासम्बन्धी विवरण केन्द्रीय अनुसन्धान...

एमबीएसको प्रश्नपत्र सार्वजनिक प्रकरणमा केही व्यक्ति अनुसन्धानको घेरामा

एमबीएसको प्रश्नपत्र सार्वजनिक प्रकरणमा केही व्यक्ति अनुसन्धानको घेरामा

काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायअन्तर्गत स्नातकोत्तर तह (एमबीएस) को...

भोलिदेखि खुल्दै नागढुंगा सुरुङमार्ग, पहिलो चरणमा आपतकालीन सवारीलाई मात्र अनुमति

भोलिदेखि खुल्दै नागढुंगा सुरुङमार्ग, पहिलो चरणमा आपतकालीन सवारीलाई मात्र अनुमति

काठमाडौं । नेपालकै पहिलो सडक सुरुङमार्गका रूपमा निर्माण गरिएको नागढुंगा–सिस्नेखोला...

प्रदेशसभा विघटन रोक्न एमालेसँग सहकार्य गरेको हो : नारायणकाजी श्रेष्ठ

प्रदेशसभा विघटन रोक्न एमालेसँग सहकार्य गरेको हो : नारायणकाजी श्रेष्ठ

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता नारायणकाजी...

देश बनाउने स्वार्थमा एक भएर हातेमालो गर्न प्रवासी नेपालीसँग अर्थमन्त्रीको आग्रह

देश बनाउने स्वार्थमा एक भएर हातेमालो गर्न प्रवासी नेपालीसँग अर्थमन्त्रीको आग्रह

काठमाडौं । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले प्रवासमा रहेका नेपालीहरूलाई नेपालको...