back
CTIZAN AD

अमेरिकामा पहिलो दक्षिणपूर्व एसियन रिपब्लिकन क्लवको स्थापना, डेविड आचार्य अध्यक्षमा निर्वाचित

वि.सं.२०७६ मंसिर १२ बिहीवार

777 

shares

विजय थापा,डिसी । अमेरिकाको टेक्सस राज्यमा पहिलोपटक दक्षिण पूर्व एसियन रिपब्लिकन क्लवको स्थापना भएको छ । जस्को नेतृत्वमा टेक्सास ड्यालस बस्दै आएका समाजसेवी तथा व्यवसायी देवी डेविड आचार्य निर्वाचित भएका छन् ।

अमेरिकामा बसोबास गर्दै आएका दक्षिण पूर्व एसियनहरुको प्रयासबाट स्थापना भएको उक्त क्लवको औपचारिक रुपमा गत नोभेम्बर २३ का दिन गठन गरिएको हो ।

क्लबको मुख्य उद्धेश्य अमेरिकन नागरिक जस्ले अमेरिकी रिपब्लिकन दलका सिद्धान्त प्रति विश्वास गर्ने र जस्ले रुढिवादी मुल्यलाई समर्थन गर्ने जनाएका छन् । यसको साथै रिपब्लिकन पार्टीका उम्मेदवार भएमा यसका सदस्यहरु एक ढिक्का भई निर्वाचनमा आफ्ना दलका उम्मेदवारलाई जिताउनु र संलग्नता रहनु समेत रहेको जनाएको छ ।

मुलधारको राजनीतिमा प्रवेश गर्ने हेतुले अमेरिकामा बसेर यही मूलको नागरिक भएको कारण आफ्नो दायित्वलाई शिरोधार्य गरेर क्लबको स्थापना भएको नवनिर्वाचित अध्यक्ष देवी डेविड आचार्यले जनाएका छन् ।

आचार्यले भबिश्यमा यसको बिस्तार अमेरिकाका विभिन्न राज्यहरुमा गरिने समेत जानकारी दिए । हाललाई उक्त क्लबमा अध्यक्षमा देवी डेविड आचार्य, उपाध्यक्षमा बब भण्डारी, महासचिवमा कमल शर्मा र संचालक समिति सदस्यको सभापतिमा शंकेश सुबेदी तथा जनसम्पर्क समितिको सभापतिमा होङ्ग वोङ्ग निर्वाचित भएका छन् ।
उक्त क्लव गठन हुँदा रिपब्लिकन दलका बिधायक, न्यायाधिश,नगर प्रमुख लगायत नेपाली समुदायका बिभिन्न व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा आएका दक्षिण पूर्व एसियनहरुले क्लवमा प्रवेश गर्ने ईच्छा गरेको जानकारी आचार्यले दिए । कार्यक्रममा नेपाली सांस्कृतिक कार्यक्रमको पनि प्रस्तुति गरिएको थियो ।

वि.सं.२०७६ मंसिर १२ बिहीवार १७:०० मा प्रकाशित

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

काठमाडौँ । जय नेपाल इन्टरनेसनल फाउन्डेशन (जेएनआइएफ) को पहिलो वार्षिक...

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

काठमाडौं ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले गतवर्ष टोरोन्टोमा सार्वजनिक...

बेलायतमा नेपाली समुदायलाई सतर्क रहन एनआरएनए यूकेको आग्रह

बेलायतमा नेपाली समुदायलाई सतर्क रहन एनआरएनए यूकेको आग्रह

काठमाडौं। बेलायतका विभिन्न स्थान, विशेषगरी उत्तरी आयरल्याण्ड लगायतका क्षेत्रमा आप्रवासनसम्बन्धी...