back
CTIZAN AD

कविता : मलाई यस्तो लाग्छ

वि.सं.२०७६ मंसिर १४ शनिवार

1.5K 

shares

साइनो सम्बन्ध धेरै हुन्छ तौल्नु हुन्न तराजुमा
छैन कोहि पराइ यहाँ भुल्नु हुन्न जिन्दगीमा
ठूलो सानो भन्नु मात्र फुट्नु हुन्न आपसमा
पुग्ने ठाँउ एउटै तर फाँटो किन जिन्दगीमा ।

काटे रगत एउटै हुन्छ जुझ्नु हुन्न एकअर्कामा
हेर्ने दृष्टि सही राख्नु गलत के छ जिन्दगीमा
धनको माया ठूलो हुन्न लानु छैन केहि साथमा
प्रेम भक्ति अमर बनोस् गाँठो हुन्न जिन्दगीमा ।

आकास धर्ती भन्नु मात्र सम्पूर्ण छ एक–अर्कामा
जस्तै टाढ़ा किन नहोस् नछुटोस साथ जिन्दगीमा
जानी गल्ती के छ धेरै नपाल्नु है शंका मनमा
एक झिल्को आगोले विनाश ल्याउँछ जिन्दगीमा ।

जुटे साथ धेरै हुन्छ नकमाउनु घमण्ड साथमा
एक पछि अर्को छुट्छ विश्वास राखौं जिन्दगीमा
दुखे अर्का कोहि हुँदैन हाँसी खुशी बाचौं माझमा
साइनो सम्बन्ध धेरै हुन्छ तौल्नु हुन्न तराजुमा ।

वि.सं.२०७६ मंसिर १४ शनिवार १०:३३ मा प्रकाशित

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

कविता : सबै पाका मान्छे अनुपम हुन्

कविता : सबै पाका मान्छे अनुपम हुन्

कृष्णप्रसाद पौडेल 'जस्ताघरे' विदुर.-४,बट्टार, नुवाकोट यहाँ बाबा माता शिखरपथका हुन्...

सुसेली

सुसेली

खगेन्द्र बस्याल,बुटवल १ बत्ती बाल्नु छ सबै मन चहक काम...

झिल्का कविता

झिल्का कविता

हितमान छन्त्याल (सहोदर ) पोखरा, कास्की १. पहाडमा मेरो बास...

चारु ( हिन्दी )

चारु ( हिन्दी )

पी एस यादव 'अजनबी',भारत गुनाह तो कर बैठे अब कोई...

गजल

गजल

अरुण खड्का,कीर्तिपुर बात गर्दै ढल्छ मान्छे जिन्दगीको के भरोसा स्वार्थ...