back
CTIZAN AD

गजल

वि.सं.२०७६ मंसिर १४ शनिवार

1.4K 

shares

फैसला जस्तो आओस् मन्जुर हुनुपर्छ ।
लड़ाई होस् या प्यार भरपुर हुनुपर्छ ।

उमेर पुग्यो भन्दै कहाँ मिल्छ छाडा हुन्
जोडी बाँधिन त एउटा दस्तुर हुनुपर्छ ।

आँखाले हेरेकै भरमा पेट भरिन्छ कहाँ
गरिखान त मेहनती मजदूर हुनुपर्छ ।

पीडा कस्ले बुझ्ने स्वार्थी संसार भयो
मागि खाने त असक्त या मजवुर हुनुपर्छ ।

धेरै भो हातले ठेला उठाई मेहनत गरेको
अब त यी हत्केलामा कोहिनुर हुनुपर्छ ।

जग्गा हुँदै नहुने र अथाह हुनेलाई के थाहा
महत्व बुझ्न मात्रै नाममा चारधुर हुनुपर्छ ।

मैले के गरे मलाई नै थाहा छैन हिजो !
उनको दिलबाट हट्न मेरै कसूर हुनुपर्छ ।

जसलाई नाम सोधें उनले गाउँ बताइनन्
सीता नाम थियो पक्कै जनकपुर हुनुपर्छ ।

श्रीमतीकै भर पर्दा कस्ले चिन्छ दुनियाँमा
चर्चित हुन थोरै आफ्नै चरित्र झुर हुनुपर्छ ।

वि.सं.२०७६ मंसिर १४ शनिवार १०:३४ मा प्रकाशित

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

कविता : सबै पाका मान्छे अनुपम हुन्

कविता : सबै पाका मान्छे अनुपम हुन्

कृष्णप्रसाद पौडेल 'जस्ताघरे' विदुर.-४,बट्टार, नुवाकोट यहाँ बाबा माता शिखरपथका हुन्...

सुसेली

सुसेली

खगेन्द्र बस्याल,बुटवल १ बत्ती बाल्नु छ सबै मन चहक काम...

झिल्का कविता

झिल्का कविता

हितमान छन्त्याल (सहोदर ) पोखरा, कास्की १. पहाडमा मेरो बास...

चारु ( हिन्दी )

चारु ( हिन्दी )

पी एस यादव 'अजनबी',भारत गुनाह तो कर बैठे अब कोई...

गजल

गजल

अरुण खड्का,कीर्तिपुर बात गर्दै ढल्छ मान्छे जिन्दगीको के भरोसा स्वार्थ...