back
CTIZAN AD

राष्ट्रिय ज्यापू दिवस मङ्सिर २८मा

वि.सं.२०७३ मंसिर १९ आइतवार

1.1K 

shares

१९ मङ्सिर,काठमाडौँ। ज्यापू संस्कृति विकास कोषले यही मङ्सिर २८ गते तेह्रौँ राष्ट्रिय ज्यापू दिवस मनाउने भएको छ ।

कोषका कावा अध्यक्ष मोहनकृष्ण सिंहको नेतृत्वमा गएको एक टोलीले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई उहाँकै निवास लाजिम्पाटमा भेटी ज्यापू दिवसका दिन वसन्तपुरमा हुने कार्यक्रममा प्रमुख आतिथ्य ग्रहणका लागि निमन्त्रणा गरेको छ । अध्यक्ष सिंहले ज्यापू संस्कृति बचाइराख्नका लागि आर्थिक सहयोग गर्न समेत प्रधानमन्त्रीलाई आग्रह गर्नुभयो ।

दाहाल निवास लाजिम्पाटमा आज बिहान बाजागाजासहित पुगेको कोषको टोलीले प्रधानमन्त्रीलाई नेवारी परम्परानुसार किसली (माटाको पालामा चामल, सुपारी, र चाँदीको सिक्का) समेत राखी कार्यक्रममा प्रमुख अतिथि बन्न निमन्त्रणा दिएको थियो ।

सो अवसरमा प्रधानमन्त्री दाहालले यहाँका कला–संस्कृति बचाइराख्न आफूले सक्दो सहयोग गर्ने विश्वास दिलाउनुभयो ।

हरेक वर्ष योमरी पूर्णिमा (यस वर्ष मङ्सिर २८ गते)का दिन काठमाडौँका विभिन्न टोलबाट बाजागाजासहितका सांस्कृतिक पदयात्राका टोलीले नगर परिक्रमा गरी वसन्तपुरमा कार्यक्रम गर्दै आइरहेको कोषका सचिव सन्तकृष्ण महर्जनले जानकारी दिनुभयो । रासस

वि.सं.२०७३ मंसिर १९ आइतवार ०७:२६ मा प्रकाशित

वित्तीय क्षेत्रको आमूल सुधार नगरे समस्या झनै जटिल बन्दै जाने बाबुराम भट्टराईको चेतावनी

वित्तीय क्षेत्रको आमूल सुधार नगरे समस्या झनै जटिल बन्दै जाने बाबुराम भट्टराईको चेतावनी

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष तथा...

जवाफदेहिता भए गृहमन्त्री, राजीनामा देऊ – गोकुल बास्कोटा

जवाफदेहिता भए गृहमन्त्री, राजीनामा देऊ – गोकुल बास्कोटा

काठमाडौं । नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले...

कर्फ्यु उल्लंघन भएपछि बख्तरबन्द गाडीसहित सेना परिचालन

कर्फ्यु उल्लंघन भएपछि बख्तरबन्द गाडीसहित सेना परिचालन

इनरुवा । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा दुई समुदायबीच भएको झडपपछि...

सुनसरीका यी पाँच क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

सुनसरीका यी पाँच क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

सुनसरी ।आज बिहान भएको झडपको घटनापछि  जिल्ला प्रशासन कार्यालय सुनसरीले...

बागमतीमा बहुमत जुटाउन दलहरूको दौडधुप

बागमतीमा बहुमत जुटाउन दलहरूको दौडधुप

बागमती । बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेसँगै...

तीनथानामा स्कुटर र मिनी ट्रक ठोक्किँदा दुई जनाको मृत्यु

तीनथानामा स्कुटर र मिनी ट्रक ठोक्किँदा दुई जनाको मृत्यु

काठमाडौँ । जिल्ला काठमाडौं चन्द्रागिरि नगरपालिका- १५ तीनथाना स्थित सडकखण्डमा...