back
CTIZAN AD

डेक्स–बेन्चमको व्यवस्था नहुँदा, बोरा ओछ्याएर पढ्दै विद्यार्थी

वि.सं.२०७६ मंसिर २३ सोमवार

1K 

shares

२३ मङ्सिर, महोत्तरी । चिसो बढ्दै गएकोले महोत्तरीको गौशाला नगरपालिकाका दुई विद्यालयका विद्यार्थी बोरा ओछ्याएर पढ्न बाध्य भएका छन् । विद्यालयको कक्षाकोठाभित्र आवश्यक मात्रामा बेन्च–डेक्सको व्यवस्था नभएपछि विद्यार्थीह घरबाटै ल्याएको बोरा भुइँमा बिछ्याएर पढ्नुपर्ने बाध्यता रहेको छ ।

गौशाला नगरपालिका–६ फुलकाहाको जनता आधारभूत विद्यालयका बालकक्षादेखि कक्षा २ सम्मका विद्यार्थी र गौशाला नगरपालिका–७ मनहर्वामा रहेको नेपाल राष्ट्रिय जनजाति प्राथामिक विद्यालयका शिशुकक्षादेखि कक्षा १ सम्मका विद्यार्थी भुइँमा बसी पढ्न बाध्य भएका छन । जनता अधारभूत विद्यालयका ५८ विद्यार्थी आ–आफ्ना घरबाटै बोरा ल्याएर पढ्दै आएका छन् ।

कार्पेटका लागि बारम्बार नगरपालिकामा गएर जानकारी गराउँदासमेत कहीँकतैबाट समाधानका लागि पहल नभएको विद्यालयका प्रधानाध्यापक विश्वेश्वरप्रसाद साहले बताए । प्रधानाध्यापक साहका अनुसार तत्काल बेन्च–डेक्सको व्यवस्था नभएसम्मका लागि कक्षाकोठामा कार्पेटको व्यवस्थापनका लागि आफू लागिपरेको तर प्रयास सफल हुन नसकेको बताए । फुटेको टालीले छाएको सो कक्षाकोठामा अवस्था अति नै जीर्ण भए तापनि मर्मतसम्भारका लागि आफूले चाहेर पनि केही गर्न नसकेको प्रधानाध्यापक साहले जानकारी दिए ।

त्यस्तै नेपाल राष्टिय« जनजाति प्राथमिक विद्यालय मनहर्वामा शिशुकक्षामा अध्ययनरत विद्यार्थी पनि भुइँमा नै बोरामा बसी अध्ययन गर्दै आएका छन् । प्रधानाध्यापक द्रौपदीदेवी यादवका अनुसार केही विद्यार्थीका लागि कक्षाकोठामा कार्पेट ओछ्याएता पनि अपुग भएपछि बाँकी विद्यार्थी घरबाटै ल्याएको बोरामा पढ्दै आएका छन् ।

यस सम्बन्धमा गौशाला नगरपालिकाका शिक्षा शाखाले अबको केही दिनमा नै त्यहाँको विद्यालयमा भौतिक पूर्वाधारका लागि व्यवस्थापन गरिने जनाएको छ । नगरपालिकाले त्यस्ता विद्यालयमा उचित भौतिक पूर्वाधारको व्यवस्था तत्कालै गर्नुपर्ने नेपाल शिक्षक महासङ्घ गौशालाका सचिव सुमितकुमार साहले बताए । कूल ३२ सामुदायिक विद्यालय रहेको गौशाला नगरपालिकाको अधिकांश विद्यालयको भौतिक पूर्वाधारको अवस्था अत्यन्त नाजुक रहेको सचिव साहले बताए ।

वि.सं.२०७६ मंसिर २३ सोमवार १२:४७ मा प्रकाशित

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष...

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

काठमाडौं । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

आजको मौसम पूर्वानुमान : तराईका केही क्षेत्रमा तातो हावा चल्ने

आजको मौसम पूर्वानुमान : तराईका केही क्षेत्रमा तातो हावा चल्ने

काठमाडौँ । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पछिल्लो समय मानसिक समस्या मौन महामारीका...

रास्वपा महाधिवेशनः पदाधिकारी चयनका लागि बिहान ४ बजेदेखि मतदान

रास्वपा महाधिवेशनः पदाधिकारी चयनका लागि बिहान ४ बजेदेखि मतदान

भरतपुर । चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को...