back
CTIZAN AD

कविता : जय प्रज्ञा

वि.सं.२०७६ मंसिर २८ शनिवार

807 

shares

‘प्रज्ञा’ सर्वाेच्च माने, मुलुकभरि हुने प्राज्ञले नै ठम्याए
प्रज्ञालाई विदेशी बुधजन सबले ‘उच्च हो’ जान्न पाए
यो संस्थाले गर्याे जे जति चयन यतिञ्जेल छन् वैध जानी
नाना शङ्का,गुनासो अब सब छ वृथा, छानियो,सक्किगो नि ।

होऊन् सण्डे-मुसण्डे कल छल बलका,वा बडा विज्ञ होऊन्
होऊन् शास्त्रार्थपारङ्गत कि त बढिया नीतिनिष्णात होऊन्
होऊन् क्वै ज्वाइँ, भेना,अनुज कि अनुजा, प्रीतवाली कि साली
नाताकै शृङ्खला होस्,विदुष कि विदुषी मानिए,सक्किगो नि ।

भाञ्जाभाञ्जी परून् वा श्वशुरकुलतिरैका परून् तीनपुस्ते
छानिन्छन् काव्यकर्ता विशद यदि भने पीर छोडून् अरूले
कर्ता भै राष्ट्रमूली स्मितमुख,दिलले अर्पिने माल्यरमाल
यै चाला लाग्छ उम्दारविकसित यदि ता गर्नु केको बबाल ?

आफ्नै हो सीप यद्वा,सहृदय कविको गोप्य हो त्यो लगानी
छुट्याईदिन्छ पक्कै पछि त समयको हंसले दूध–पानी
ऐले छापा÷सँगातीजनसँग खुश भै हौसिए भो मजाले
के गर्छन् प्राज्ञ सम्मानित कवि अहिले ? सोध्छ खोलाघरेले ।

छन्द-स्रग्धरा

वि.सं.२०७६ मंसिर २८ शनिवार १०:०७ मा प्रकाशित

बरु, नालायक ‘बीउ’ मासिदेउ आमा

बरु, नालायक ‘बीउ’ मासिदेउ आमा

चन्द्रिका राना, थापा ढुंगा र माटोको नै किन नहोस् एउटा...

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...