back
CTIZAN AD

कविता : के कारण ठूलो ठान्छौ आफू

वि.सं.२०७६ मंसिर २८ शनिवार

2.9K 

shares

धेरै समय भएको छैन साथी,
टुँडी टँडी फेरीको आवाज सँगै
घर घर चाहारेको ।
दैलो दैलो भीख मागेको,
दिएकै थिएँ मुठ्ठीदान त तिमीलाई
माना,पाथी,मुरी बनाई,
कत्रो इन्द्रासन बनायौ ?
शास्त्रीय बर्णनमा झैं,
कैलाशपति बन्यौ कि ?
बैकुण्ठपति बन्यौ ?
कार्तिक त फेरि आउँछ हैन र ?
होइन भने,
के कारण ठूलो ठान्छौ आफू ?

ठूलाको मापन भौतिक हुन्छ र ?
सँगै गुच्चा खेल्दा,
मैले मात्र दाऊ मार्दा
धुरुधुरु रुन्थ्यौ नि ।
माया लागेर,
चार गुच्चा पैंचो दिएको
समानान्तर नै हुन्थ्यो नतिजा,
योग्यताका परिधिहरुमा ।
दुखका दिनहरुमा
सँगै कन्दमूल खाएर हुर्केको
भावी सुखका कल्पना गर्दै,
नूनपानीमा रात काटेको ।
भुलेको छैन साथी
तर तिमीलाई,
केले विपरीत सोंच बनायो ?
तर साथी
अप्राप्य छैनन्,
हाम्रा आसनहरु ।
समानान्तर नै हुन् ।
समय त चक्र हैन र ?
के कारण ठूलो ठान्छौ आफू ?

के के नीति कानून थपायौ,
यताउता घुमायौ ।
घुम्न खोजिन तापनि,
रातारात भुङ्ग्रायौ ।
एकाएक तिम्रा ती नीतिहरुमा,
तुषारापात भयो,
बर्षात भयो, झरी पर्यो ।
भिजेर निथ्रुक्क,आँखा तर्यौ ।
आफै कपडा फेर्यौ ।
तर पनि साथी,
तिमी मेरो आत्मीय साथी नै हौ ।
छैन म मा गलत सोंच,
साथी, साथी नै हौ ।
फेरि पनि ती दिनहरु
आउँछन् जब,
दैला दैला चाहार्नु छ ।
नाथे पद मौसमी हुन्छ हैन र ?
होईन भने
के कारण ठूलो ठान्छौ आफू ।।

वि.सं.२०७६ मंसिर २८ शनिवार १०:०४ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...