back
CTIZAN AD

पोर्चुगलमा एकसातामा तीन नेपालीको मृत्यु

वि.सं.२०७६ पुस १ मंगलवार

744 

shares

१ पुस, लिस्बन । पोर्चुगलमा आठ दिनभित्र तीन नेपालीको निधन भएको छ । पोखरा घर भएका ४७ वर्षीय तोरणबहादुर थापाको आफ्नै अपार्टमेन्टमा निधन भएको छ ।

थापाको हृदयघातका कारण निधन भएको पारिवारिक स्रोतले जनाएको छ । स–परिवार पोर्चुगल बस्दै आएका थिए । उनलाई मधुमेह र उक्त रक्तचापको समस्या रहेको पारिवारिक स्रोतले जनाएको छ । थापाको अन्तिम दाहसंस्कार पोर्चुगलमै गरिने एनआरएनए पोर्चुगलका सचिव यमेन्द्र घर्तीमगरले बताए ।

यसैगरी डिसेम्बर ८ का दिन नुवाकोटका ४१ वर्षीय नवीनकुमार पाठकको निधन भएलगत्तै गत मङ्गलबार करीब एक वर्षअघि पोर्चुगल आएका पोखराका २९ वर्षीय युवकको उनकै कोठामा मृत्यु भएको थियो । ती पोखरेलीको नामसहितको विवरण प्राप्त भए पनि मृतकका परिवारको सल्लाहअनुसार सार्वजनिक नगर्न एनआरएनए पोर्चुगलले अनौपचारिक जानकारी गराएको छ ।

उनको शव जोजेजु आकिम फेर्नान्दिस अस्पताल बेजामा राखिएको छ । शव परीक्षण रिपोर्टमा अत्यधिक मद्यपानका कारण बान्ता गर्दा श्वासप्रश्वास नली बन्द भई अक्सिजनको कमी हुँदा मृत्यु भएको चिकित्सकलाई उद्धृत गर्दै प्रवासी नेपाली एकता मञ्चका सदस्य नारायण शर्माले बताए । मृतकको शव नेपाल पठाउनका लागि प्रक्रिया अगाडि बढाइएको एनआरएनएले जनाएको छ ।

वि.सं.२०७६ पुस १ मंगलवार ११:४७ मा प्रकाशित

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

काठमाडौँ । जय नेपाल इन्टरनेसनल फाउन्डेशन (जेएनआइएफ) को पहिलो वार्षिक...

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

काठमाडौं ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले गतवर्ष टोरोन्टोमा सार्वजनिक...