back
CTIZAN AD

हङकङमा नेपाल भ्रमणवर्ष २०२० को भव्य उद्घाटन

वि.सं.२०७६ पुस २१ सोमवार

888 

shares

२१ पुष, हङकङ । हङकङमा नेपाल भ्रमणवर्ष २०२० को भव्यरुपमा औपचारिक उद्घाटन गरिएको छ ।

नेपाली महावाणिज्यदूतावास हङकङको आयोजना, गैरआवासीय नेपाली संघ हङकङ र नेपाल वायुसेवा निगमको सहआयोजनामा सम्पन्न उक्त भ्रमणवर्ष २०२० को उद्घाटन हङकङको एक्सन कमीसनर कमिसन अफ टूरिजम मिस चोईद्धारा गरिएको थियो ।

विभिन्न जातीय भेषभूषमा सजीएर भिजीट नेपाल २०२० को प्रचार गरिएको उक्त कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ हङकङ, नेपाली महासंघ जनसम्पर्क हङकङ, प्रवासी नेपाली एकता मंन्च हङकङ, नेपाली समाज हङकङलगायतका संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता थियो ।

नेपाल भ्रमण वर्षको उद्घाटन लगत्तै ५ वटा खुल्ला बसमा नेपाल भ्रमणवर्ष प्रबद्र्धनका ठूलाठूला ब्यानर लगाएर प्लेकार्ड तथा विभिन्न झाँकीसहित डेढ घण्टा हङकङ साइट परिक्रमा गरिएको थियो ।

हङकङको निकै ब्यस्त शहर सेन्ट्रलमा भएको कार्यक्रममा ५ सय जनाको हाराहारीमा नेपालीको उपस्थिति रहेको नेपाल भ्रमणवर्ष प्रबद्र्धन समिति सदस्य सचिव तथा गैरआवासीय नेपाली संघ हङकङकी अध्यक्ष राधिका गुरुङ (टिका) काले जानकारी दिएकी छन् ।

हङकङको सेन्ट्रल शहर पर्यटकीय क्षेत्रको रुपमा प्रख्यात छ । जहाँबाट डेढ घन्टाभन्दा बढी बसमा दायाँ-बाँया ठूल्ठूला ब्यानर, टिसर्ट, प्लेकार्ड, नेपाली झण्डा, टोपी र विभिन्न जातीय भेषभूष तथा झांकीसहित भिजीट नेपालको प्रचार प्रसार गरिएको सदस्य पनि अध्यक्ष गुरुङले बताइन् ।

निकै ब्यस्त शहर हङकङमा यो कार्यक्रमले लाखौ मानिस माझ भिजीट नेपाल २०२० सन्देश पुगेको बताइएको छ ।

हङकङमा खुल्ला बसमा कहिल्यै पनि यसरी प्रचार नभएको आयोजकहरुले बताएका छन् । ठूल्ठूला बसमा भिजीट नेपालको प्रचार गरिरहँदा पैदल यात्री, ब्यापारी तथा सर्वसाधारणले निकै उत्सृकतापूर्वक चासो दिएर प्रचार अभियानलाई सकारात्मक रुपमा लिएको तथा नेपाल भ्रमण गर्न इच्छुक रहेको प्रतिक्रिया दिएका थिए ।

नेपाली महावाणिज्य दूतावास आयोजक र एनआरएनए हङकङ सहआयोजक रहेको भिजीट नेपाल २०२० कार्यक्रममा हङकङ डलर १ लाख खर्च भएको बताइएको छ ।

यसअघि नेपाल भ्रमण वर्षलाई भव्यताका साथ सम्पन्न गर्न नौ सदस्यीय नेपाल भ्रमणवर्ष २०२० प्रबद्र्धन समिति हङकङ गठन गरिएको थियो । नेपाली कन्सुलेट जनरल मुख्य आयोज,क सहआयोजक तथा सदस्य सचिवका रुपमा गैरआवासीय नेपाली संघ हङकङ र नेपाल बायुसेवा निगम रहेका थिए भने सदस्यमा नेपाल आदिवासी जनजाती महासंघ हङकङ, हङकङ नेपाली महासंघ, नेपाल च्याम्बर अफ कमर्स हङकङ, प्रवासी नेपाली एकता मंच हङकङ, नेपाली जनसम्पर्क समिति हङकङ र नेपाली समाज हङकङलाई रहेको बताइएको छ ।

वि.सं.२०७६ पुस २१ सोमवार ११:०६ मा प्रकाशित

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नर्वे । नेपाली पोर्चुगीज समाज (नेपोस) नर्बेले आयोजना गरेको तेश्रो...

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

ब्रसेल्स । ब्रसेल्समा आयोजित टेक फोरममा नेपाल र युरोपेली संघ...

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नर्वे । नेपाली पोर्चुगिज समाज (नेपोस) नर्वेको आयोजनामा नर्वेको ओस्लोमा...

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

युएई । पर्बत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम...