back
CTIZAN AD

कविता : स्वर्ग\नर्क

वि.सं.२०७६ पुस २६ शनिवार

972 

shares

सघन सौन्दर्ययुक्त
सप्तरङ्गी
इन्द्रेणी खातझैँ
गाढा ! चहकदार !!
सूर्यास्तको नील गगनजस्तै
रहुन्अ-गलवगलहरू
उदार ! उदात्त !!
भर्खर बुनेको चाँदरजस्तै
वा व्यस्तताविहीन
कौमार्य सुकाएर
अट्टालिकामा
अनन्त उड्न तत्पर
सातौँ दिनकी रजस्वला
कुमारीझैँ
कञ्चन काननजस्तै
बनुन्म-न र मनोलोकका छेउछाउहरू
आषाढ हिलिए पनि
जलहिलोमा
रोपार र लाठे
छिल्लिए पनि
स्निग्धर सफा
सफा अनि स्निग्ध
अन्तर जादू उद्भासित
पट्ट ! पट्ट !! जमीन फुटेर
सौन्दर्य लहलहाएका
सुवर्ण बाला
धान झुलेको
मंसीरको खेतझैँ
सफा र स्निग्ध
स्निग्ध र सफा
आलीभित्रको बालीझैँ
बनुन्–मस्तिष्कका गराहरू
ओहो ! देवलोक
अर्को हुदैन-कहीँ
स्वर्ग यही हो
असंयम् सतह
गोबर लेपिएका-दिमाखहरू
पत्नीचोर अर्काका-नेताहरू
पतिचोर अर्काका-नेतीहरू
भ्रष्टाचार र अनाचार
दुराचार र व्यभिचार
विसङ्गत व्याप्त-आसनका तहतह
माथि र बिचोबिच
तल
दायाँ र बिचोबिच
बायाँ
ऊर्ध्वगामी नसा छिनेका
नपुंसक र नपुंसक्नीहरू
जम्मै भएर पनि
हिजडाजस्तै भएको समाज
खोज्नुपर्दैन कहीँ-यमलोक
नर्क यही हो
कल्पना न गरौँ-अन्यत्र
कञ्चन काननजस्तै
मन र मनोलोकका किनाराहरू
देवलोक अर्को हुनै सक्दैन
स्वर्ग यही हो
अनाचार र दुराचार
विसङ्गति व्याप्त
आसनका तह तह
यमलोक खोज्नुपर्दैन
नर्क यही हो ।

वि.सं.२०७६ पुस २६ शनिवार ०९:४४ मा प्रकाशित

चारु

चारु

होम सुवेदी , भद्रपुर केही पल बाँच्नलाई सास चाहिन्छ ,...

गजल

गजल

अनुराग अरुण हरे दैव कस्तो जमाना भयो सुधो मूर्ख भो...

गजल

गजल

रमा खतिवडा, पोखरा मलाई दिवाना अधरले बनायो लजाएर हेर्ने नजरले...

सुसेली : आदिकवि भानुभक्त आचार्य

सुसेली : आदिकवि भानुभक्त आचार्य

आकाङ्क्षा बलामी ग्रीन हिल स्कुल , फर्पिङ कक्षा ६ आदिकवि...

झिल्का कविता

झिल्का कविता

भेष राज बञ्जाडे, बुटवल-१३, रुपन्देही १. एकछिन खुब मच्चिए आखिरमा...

कविता : कति हार्दिक छन्

कविता : कति हार्दिक छन्

इन्दिरा प्रयास, काठमाडौँ भन जीवन के कति मानवका अनुकूल कहाँ...