back

कविता : अमेरिका

वि.सं.२०७६ पुस २६ शनिवार

372 

shares
GLOBAL IME AD
NTC AD

एलन गिन्सबर्ग !
तिमीले पतलुन खोलेर
अवचेतना विरुद्ध
मुख छाडेको
बिट पुस्ताहरु सम्झिन्दैछु

सम्झिन्दैछु
तिमीले अमेरिकातिर फर्केर
बोलेको खर्रो संवाद–

Go fuck yourself with your atom bom!

अर्थात
जाउ र सम्भोग गर आफ्नै परमाणु बमसित ।
औ अमेरिका !
तिमी शक्तिशाली हुनुको भ्रममा छौ
नामर्दहरुको शहरबाट
काफरेहरुको एउटा हुल मात्र तैयार पार्दैछौ
जस्का आँखाहरुले हरबखत
बारुदको गन्ध ओकल्छ
र खन्याउछ आगो
निर्दोषहरुको टाउकोमाथि ।
औ अमेरिका !
तिमीले निलो आकाशको धुरीबाट
सुटुक्कै
हिरोसिमा

नागसकीको टाउकोमाथि
त्यहाँ बस्ने निर्दोष मानिसहरुको गाउँमाथि
खसालेको बमको धुवाँ
अझ पनि निभेको छैन
युद्धको बेहिसाब
जर्जर कथाहरु तिमीसित छ
तर सब बदनाम छ ।
औ अमेरिका !
सनकी हुँदै
भद्दा गाली गर्दै
तिम्रो मानचित्रमा बेस्सरी थुक्नु मन परेको छ
पतलुन खोलेर पिसाब गर्न मन लागेको छ
निर्लज पुस्ताहरुको शहर ठड्याएर
तिमी के प्रमाणित गर्न चहान्छौ…??
औ अमेरिका !
सत्ताको रङ अनुहारमा दलेर
तिमीेले गरेको दलालीले
एकदिन
सर्वनाश ल्याउँनेछ हेर्दै जानु
नामेट हुनछौ तिमी
बारुदको शहर
आगोको शहर हुँदै…
नरकंकालको शहर बन्छौं तिमी !
औ अमेरिका !
तिमी विरुद्ध बोल्नेहरुको जिब्रो
तिमी किन थुत्छौ हँ..??
लाशहरुको टाउकोमाथि
घर बनाएर तिमी अल्गिएको भ्रम
कति बेरमाइलो छ !
औ अमेरिका !
सदाम हुसैन झुन्डाउने
औ अमेरिका !
बिन लादेनलाई क्यामपमै ठोक्ने
तिम्रो वर्चस्वले
विश्व हल्लिएको छ
तर तिम्रो खोक्रोपन
तिम्रो आडम्बर
तिम्रो नामर्दपनले
मानवता हार्दैछ…!!
औ अमेरिका !
डोनाल्ड ट्रम्प बहुलाएका छन्
आवेगमा लिएको निर्णय र सनकीपनले
घर घरको संघारमा
युद्धको घोडा उभिएको छ
रोटी बेल्ने आमाहरुले
अब कात्रो बुन्नु परेको छ
कहिले फुकाल्छौ मुखौटा..??
एलन गिन्सबर्ग !
तिमीले पतलुन खोलेर
अवचेतना विरुद्ध
मुख छाडेको
बिट पुस्ताहरु सम्झिन्दैछु

सम्झिन्दैछु तिमीले अमेरिकातिर फर्केर
बोलेको खर्रो संवाद-

Go fuck yourself with your atom bomb Û

अर्थात
जाउ र सम्भोग गर आफ्नै परमाणु बमसित ।

वि.सं.२०७६ पुस २६ शनिवार ०९:४७ मा प्रकाशित

कविता : पैसा

कविता : पैसा

कोपिला बर्देवा, काठमाडौं  पैसाले सारा संसार चल्ने रहेछ हुनेलाई पो...

गजल

गजल

नवराज न्यौपाने ’मौन’,गोरखा सँगै बस्ने थियो आशा टुट्यो है बाध्यताले...

लघुकथा : सहयायी

लघुकथा : सहयायी

मनीषकुमार शर्मा ‘समित’,मध्यपुर ठिमी, भक्तपुर बुढा भएका वरपीपल सँगै बसेर...

कविता : शिशिर ऋतु

कविता : शिशिर ऋतु

मचिन्द्र खत्री, धरान, सुनसरी सरसर चल हावा,शीत सर्को लिएर थरथर...

कविता : कविताको मृत्यु

कविता : कविताको मृत्यु

बाबुराम न्यौपाने ‘उत्स’, दमक, झापा संसारभरि कसैले हल्ला फैलायो ए...

गजल

गजल

सुशील रिजाल, किर्तिपुर, काठमाडौं भुलेँ प्यास सारा नसाको रहरमा छु...