back
CTIZAN AD

कविता : अमेरिका

वि.सं.२०७६ पुस २६ शनिवार

816 

shares

एलन गिन्सबर्ग !
तिमीले पतलुन खोलेर
अवचेतना विरुद्ध
मुख छाडेको
बिट पुस्ताहरु सम्झिन्दैछु

सम्झिन्दैछु
तिमीले अमेरिकातिर फर्केर
बोलेको खर्रो संवाद–

Go fuck yourself with your atom bom!

अर्थात
जाउ र सम्भोग गर आफ्नै परमाणु बमसित ।
औ अमेरिका !
तिमी शक्तिशाली हुनुको भ्रममा छौ
नामर्दहरुको शहरबाट
काफरेहरुको एउटा हुल मात्र तैयार पार्दैछौ
जस्का आँखाहरुले हरबखत
बारुदको गन्ध ओकल्छ
र खन्याउछ आगो
निर्दोषहरुको टाउकोमाथि ।
औ अमेरिका !
तिमीले निलो आकाशको धुरीबाट
सुटुक्कै
हिरोसिमा

नागसकीको टाउकोमाथि
त्यहाँ बस्ने निर्दोष मानिसहरुको गाउँमाथि
खसालेको बमको धुवाँ
अझ पनि निभेको छैन
युद्धको बेहिसाब
जर्जर कथाहरु तिमीसित छ
तर सब बदनाम छ ।
औ अमेरिका !
सनकी हुँदै
भद्दा गाली गर्दै
तिम्रो मानचित्रमा बेस्सरी थुक्नु मन परेको छ
पतलुन खोलेर पिसाब गर्न मन लागेको छ
निर्लज पुस्ताहरुको शहर ठड्याएर
तिमी के प्रमाणित गर्न चहान्छौ…??
औ अमेरिका !
सत्ताको रङ अनुहारमा दलेर
तिमीेले गरेको दलालीले
एकदिन
सर्वनाश ल्याउँनेछ हेर्दै जानु
नामेट हुनछौ तिमी
बारुदको शहर
आगोको शहर हुँदै…
नरकंकालको शहर बन्छौं तिमी !
औ अमेरिका !
तिमी विरुद्ध बोल्नेहरुको जिब्रो
तिमी किन थुत्छौ हँ..??
लाशहरुको टाउकोमाथि
घर बनाएर तिमी अल्गिएको भ्रम
कति बेरमाइलो छ !
औ अमेरिका !
सदाम हुसैन झुन्डाउने
औ अमेरिका !
बिन लादेनलाई क्यामपमै ठोक्ने
तिम्रो वर्चस्वले
विश्व हल्लिएको छ
तर तिम्रो खोक्रोपन
तिम्रो आडम्बर
तिम्रो नामर्दपनले
मानवता हार्दैछ…!!
औ अमेरिका !
डोनाल्ड ट्रम्प बहुलाएका छन्
आवेगमा लिएको निर्णय र सनकीपनले
घर घरको संघारमा
युद्धको घोडा उभिएको छ
रोटी बेल्ने आमाहरुले
अब कात्रो बुन्नु परेको छ
कहिले फुकाल्छौ मुखौटा..??
एलन गिन्सबर्ग !
तिमीले पतलुन खोलेर
अवचेतना विरुद्ध
मुख छाडेको
बिट पुस्ताहरु सम्झिन्दैछु

सम्झिन्दैछु तिमीले अमेरिकातिर फर्केर
बोलेको खर्रो संवाद-

Go fuck yourself with your atom bomb Û

अर्थात
जाउ र सम्भोग गर आफ्नै परमाणु बमसित ।

वि.सं.२०७६ पुस २६ शनिवार ०९:४७ मा प्रकाशित

चारु

चारु

होम सुवेदी , भद्रपुर केही पल बाँच्नलाई सास चाहिन्छ ,...

गजल

गजल

अनुराग अरुण हरे दैव कस्तो जमाना भयो सुधो मूर्ख भो...

गजल

गजल

रमा खतिवडा, पोखरा मलाई दिवाना अधरले बनायो लजाएर हेर्ने नजरले...

सुसेली : आदिकवि भानुभक्त आचार्य

सुसेली : आदिकवि भानुभक्त आचार्य

आकाङ्क्षा बलामी ग्रीन हिल स्कुल , फर्पिङ कक्षा ६ आदिकवि...

झिल्का कविता

झिल्का कविता

भेष राज बञ्जाडे, बुटवल-१३, रुपन्देही १. एकछिन खुब मच्चिए आखिरमा...

कविता : कति हार्दिक छन्

कविता : कति हार्दिक छन्

इन्दिरा प्रयास, काठमाडौँ भन जीवन के कति मानवका अनुकूल कहाँ...