back
CTIZAN AD

मेरा पाँच मुक्तक

वि.सं.२०७६ पुस २६ शनिवार

1.9K 

shares

(१)
बुढेशकाल मा पाल्छ भन्दै, छोरा पाउँदा मख्ख पथ्र्यौ
छोरी भन्दा त्यो छोरालाई,कति धेरै प्यारो गथ्र्यौ
अहिले छोराले भोकै पार्दा, छोरीले पो पालेकी छे
छोरीको गर्भ तुहायएको भय,आज खान नपाई मथ्र्याै

(२)
गरिबी बाट मुक्ती पाउन, कैयौं समुन्द्र कटाईन्छ छोरो
आगोको भुँग्रो जस्तै गर्मीमा,काममा उता खटाइन्छ छोरो
पैसा लिएर जहाजमा उड्दै, छोरो आउँछ भन्दा भन्दै
लाश बुझ्न जानुपर्छ उताबाट, बाकस मा पठाइन्छ छोरो
(३)
पिठ्यूँ माथी मलाई बोकी, पछ्यौरीले बाँन्थ्यौ आमा
मेलापात अनि घास दाउरा, आफुसँगै लान्थ्यौ आमा
तिम्रो मायाँ सम्झि ल्याउँदा,यस्तो लाग्छ अहिले मलाई
आफ्नो मुटू भन्दा पनि, मलाई प्यारो ठान्थ्यौ आमा

(४)
आमा सँग छुट्टिई बसें, मैले बिहे गरेपछि
श्रीमति र आमाको बिचमा, सधै झगडा परेपछि
श्रीमतीलाई काखि च्यापी, पर परै पार्थें आमा
पश्च्याताप पो लाग्न थाल्यो,अहिले आमा मरेपछि

(५)
तिम्ले मलाई मुटु भन्दा, प्यारो ठान्छु भनेपछि
हिम्मत गरि तिमीसँग, साँच्चै जान्छु भनेपछि
मङ्सिर होस या पौष, पन्चेबाजा बजाई दिन्छु
तिम्ले मलाई मैले पुज्ने, देबता मान्छु भनेपछि

वि.सं.२०७६ पुस २६ शनिवार ०९:४९ मा प्रकाशित

कालो आँधीले तातेको नेपाली साहित्यको बजार

कालो आँधीले तातेको नेपाली साहित्यको बजार

काठमाडाैँ । प्रसिद्ध लेखक एवं कवि डा. दामोदर पुडासैनी ‘किशोर’...

‘समय भित्रको समय’ पुस्तक ललितपुरमा चर्चा तथा रचना वाचन सम्पन्न

‘समय भित्रको समय’ पुस्तक ललितपुरमा चर्चा तथा रचना वाचन सम्पन्न

ललितपुर । ललितपुरको लुभुस्थित नमूना इङ्गलिस सेकेण्डरी स्कुलमा "समय भित्रको...

झिल्का कविता

झिल्का कविता

वसन्त अनुभव वसन्तविहार, घोराही दाङ १. परिस्थिति रहोस् कस्तै प्रगाढ...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ,साम्ची,भुटान प्रणाम बुद्ध तिमीलाई हटाइदियौ अन्धकार बुद्ध...

कविता : श्रमिक

कविता : श्रमिक

अलख निरन्जन लोहार टीकापुर, कैलाली हाल : भारत आफ्नो पौरखले...

सुसेली: राजा दशरथ

सुसेली: राजा दशरथ

माधवप्रसाद रिजाल ( माधवानन्द ) वीरगञ्ज रधु कुलमा ‌जन्मे थे...