back
CTIZAN AD

बाल लघुकथा : ठूलो पाहाको घमण्ड

वि.सं.२०७६ पुस २६ शनिवार

996 

shares

कमिलाहरू बसाइँ जादैथे त्यो ठाउँलाई छोडेर अलिक माथिल्लो भेग तिर । लङ्गडो गङटा पनि मरितरि घिस्रदै उकालो नै चढ्दै थियो ।

ढिकमा निस्की खुइया गरेर उकालो हेर्दै गर्दा इमानको भ्यागुतोले दहमा फुत्त फाल हान्यो ।

अनि अलिकति टाउको निकालेर ट्वार्र ट्वार्र भन्दै सालैजु भाकाको लोकगीत गाउँन थाल्यो ।

चप्लेटी ढुङ्गाको चेपमा कुर खनेर बसेको गङटाले चिनेको लामघुँडे पाहालाई भन्याथ्यो ‘साइला ! कालै भएर धुमिएको छाँटले ठूलो पानी पर्छ । खोला उर्लन्छ, हामी बसेको चप्लेटीलाई पनि बगाउन सक्छ , जाउँ मास्तिर ।’

‘हाहाहा हाँस्दै पाहाले खिसी गरेको थियो’ जाउ डरछेरुवा हो । त्यो भित्तोमा बस्ने कमिलोहरू पनि अघि नै फुल बोकेर हिँडी सके । आफू त दशहात फाल हान्न सक्ने परियो । त्यस्तै उघाउ नै आए उपाय र शक्ति छ, जाउ ल्याङ्ल्याङ् नगर ।’

गङटालाई दुःख लागेको थियो, छिमेकी पाहाले उसको कुरो नबुझेकोमा ।

मेघ गर्जनको साथ अविरल पानी पर्न थाल्यो । भ्यागुताहरू रमाउदै थिए । त्यही समुह छेउमै नाँच्दै थियो पाहा पनि ऐहोट ऐहोट भन्दै ।

खोला रातभरि उर्लिरह्यो सुसाउँदै । गङटालाई भने निन्द्रा लागेको थिएन ।

पानी रह्यो । खोला उर्लन छोड्यो । गङटा खोला तिर फर्कियो । डीलमा पुगेर हेर्दा तीनदङ्ग पर्याे, ऊ बस्ने चप्लेटी थिएन । न थिए ऊ हिँड्दा नाँच्दै गीतगाइरहेका पाहा र भ्यागुताहरू ।

ताम्लिछा, डाँडा गाउँ-२, लिम्चुङ्बुङ्
हाल-त्रि.न.पा, संगमटोल-११, उदयपुर,
१ नम्बर प्रदेश

वि.सं.२०७६ पुस २६ शनिवार ०९:५२ मा प्रकाशित

चारु

चारु

होम सुवेदी , भद्रपुर केही पल बाँच्नलाई सास चाहिन्छ ,...

गजल

गजल

अनुराग अरुण हरे दैव कस्तो जमाना भयो सुधो मूर्ख भो...

गजल

गजल

रमा खतिवडा, पोखरा मलाई दिवाना अधरले बनायो लजाएर हेर्ने नजरले...

सुसेली : आदिकवि भानुभक्त आचार्य

सुसेली : आदिकवि भानुभक्त आचार्य

आकाङ्क्षा बलामी ग्रीन हिल स्कुल , फर्पिङ कक्षा ६ आदिकवि...

झिल्का कविता

झिल्का कविता

भेष राज बञ्जाडे, बुटवल-१३, रुपन्देही १. एकछिन खुब मच्चिए आखिरमा...

कविता : कति हार्दिक छन्

कविता : कति हार्दिक छन्

इन्दिरा प्रयास, काठमाडौँ भन जीवन के कति मानवका अनुकूल कहाँ...