back
CTIZAN AD

पाँच मुक्तक

वि.सं.२०७६ पुस २६ शनिवार

2.6K 

shares

१.
थाहानै नपाई के के झेल्नु पर्ने कस्तो जिन्दगी
हार निश्चित हुँदा पनि खेल्नु पर्ने कस्तो जिन्दगी
आखिर लोड गरिएको ठेलागाडा जस्तै त रहेछ,
गन्तव्य भेटाउन सधैं धकेल्नु पर्ने कस्तो जिन्दगी ।

२.
मित्रहरूको यस्तो यस्तो ब्यवहार घटाई दिने मन छ
जिन्दगीमा बुझ्नै पर्ने एउटा कुरा बताई दिने मन छ
अरुकै कुरा काटीकाटी आफू असल भन्नेलाइ त अब,
हेर्नू अनुहार आफ्नो नि भनेर ऐना पठाई दिने मन छ ।

३.
मुड्कीले हिर्काउदा के दुख्छ घनले हिर्काए पछि दुख्छ
यो भन्दा हजारौं गुणा बढी वचनले हिर्काए पछि दुख्छ
अरुलाई कसरी दुख्छ थाहा भएन यसरी दुख्छ मलाई,
कसैको सम्झना बोकेर आउने पवनले हिर्काए पछि दुख्छ ।

४.
कहिले पत्तै दिदैन कहिले जानीजानी चल्छ
यसरी जिन्दगीमा समयकै मनोमानी चल्छ
खै ! कसरी पो सफलता मिल्ला र यो पाराले,
जब आफ्नाहरुकै बिचमा खिचातानी चल्छ ।

५.
चिन्नै नसकेपछि हिरा मोति के काम लाग्छ र ?
उज्यालोमा दियोको ज्योति के काम लाग्छ र ?
पुरानो घरको भित्ता धाजा फाट्न थाले पछि ,
बाहिर बाहिर लिउन पोति के काम लाग्छ र ?

वि.सं.२०७६ पुस २६ शनिवार ०९:५४ मा प्रकाशित

चारु

चारु

होम सुवेदी , भद्रपुर केही पल बाँच्नलाई सास चाहिन्छ ,...

गजल

गजल

अनुराग अरुण हरे दैव कस्तो जमाना भयो सुधो मूर्ख भो...

गजल

गजल

रमा खतिवडा, पोखरा मलाई दिवाना अधरले बनायो लजाएर हेर्ने नजरले...

सुसेली : आदिकवि भानुभक्त आचार्य

सुसेली : आदिकवि भानुभक्त आचार्य

आकाङ्क्षा बलामी ग्रीन हिल स्कुल , फर्पिङ कक्षा ६ आदिकवि...

झिल्का कविता

झिल्का कविता

भेष राज बञ्जाडे, बुटवल-१३, रुपन्देही १. एकछिन खुब मच्चिए आखिरमा...

कविता : कति हार्दिक छन्

कविता : कति हार्दिक छन्

इन्दिरा प्रयास, काठमाडौँ भन जीवन के कति मानवका अनुकूल कहाँ...