back
CTIZAN AD

कविता : नारी

वि.सं.२०७६ पुस २६ शनिवार

1.1K 

shares

कति दिने उपमा
कति दिने रुपक
जस्ती चन्द्रमा
जस्ती गुलाब
जस्ती बिभिन्न फूल
गर्दै तुलना
अनेकौ बिम्बसँग

तर भएन परिवर्तन
संकिर्ण सोचले
त्यो मानसिकताको
जाँचेर गर्भ
छोरा भए राखिन्छ
छोरी भए फ्याँकिन्छ
फोहोर फाल्ने टोकरीमा
अनि ती नै मान्छेलाई
चाहिन्छ बुहारी
भएको सुन्दरता
भएको योग्यता
भएको ईमान्दारीता
कस्तो होला बिडम्वना
म सोचिरहन्छु
मन पारेर गाँठो
बसेर एक्लै
रहेर संसारिक
धरातलमा !

लाग्छ,
मलाई दया नारीको
आराम र आनन्द भन्दा
काम धन्दा धेरै
बकम्फुसे गफ लाएर भट्टीपसलमा
अर्थ्विहिन राजनीतिको
पर्दै टिल्ल
बिना कारण
खोज्दै निहुँ
आफ्नै श्रीमतीसँग
निकाल्दै दोषका तरंग
कहिले कुटाई
कहिले आरोप माईतीको
शिक्षित नारीलाई छ डर इज्जतको
कति बस्ने खपेर बरै !
पर्दोरहेछ बस्न
माईती मावलीको इज्जतको लागि
कति भ्रममा छ संसार
पर्दोरहेछ भोग्नु
सायद यही होला
खेल नियतीको

गरे संसार परिवर्तन ती नै नारीले
के थाहा मुर्खका जमातलाई
को हो मारिया क्युरी ?
को हो रोजा पार्क्स ?
को हो ईम्मेलिन प्यांकहर्स्ट ?
को हो आदा लवलेस ?
को हो रोसालिन फ्रयांकलिन ?
को हो मार्गरेट थ्याचर ?
को हो क्लियोपेट्रा ?
को हो आङ्साङ्सुकी ?
को हो एंजेला बर्डेट ?
को हो फ्लोरेन्स नाइटिङ्गेल ?
को हो जेन अस्टिन ?
को हो एन्जेला मार्कल ?
को हो हिलारी क्लिन्टन ?
को हो मे थेरेसा ?
को हो रानिया अब्दुल्ला ?
को हो मदर टेरेसा ?
को हो बिश्वकै कम उमेरकी
प्रधानमन्त्री साना मरिन ?

मलाई त लाग्छ महान नारी
चाहे होस एसियन
-अरबी
-फारसी
-यूरोपियन
-अफ्रिकन
-अमेरिकन
-क्रिश्चियन
-मुसलमान
-हिन्दु
-बुद्धिष्ट
भएका कोमल हृदय
सहयोगी नारी
छैनन,शब्द सम्मानको
उदारबादी नारीको ।

वि.सं.२०७६ पुस २६ शनिवार ०९:५७ मा प्रकाशित

कालो आँधीले तातेको नेपाली साहित्यको बजार

कालो आँधीले तातेको नेपाली साहित्यको बजार

काठमाडाैँ । प्रसिद्ध लेखक एवं कवि डा. दामोदर पुडासैनी ‘किशोर’...

‘समय भित्रको समय’ पुस्तक ललितपुरमा चर्चा तथा रचना वाचन सम्पन्न

‘समय भित्रको समय’ पुस्तक ललितपुरमा चर्चा तथा रचना वाचन सम्पन्न

ललितपुर । ललितपुरको लुभुस्थित नमूना इङ्गलिस सेकेण्डरी स्कुलमा "समय भित्रको...

झिल्का कविता

झिल्का कविता

वसन्त अनुभव वसन्तविहार, घोराही दाङ १. परिस्थिति रहोस् कस्तै प्रगाढ...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ,साम्ची,भुटान प्रणाम बुद्ध तिमीलाई हटाइदियौ अन्धकार बुद्ध...

कविता : श्रमिक

कविता : श्रमिक

अलख निरन्जन लोहार टीकापुर, कैलाली हाल : भारत आफ्नो पौरखले...

सुसेली: राजा दशरथ

सुसेली: राजा दशरथ

माधवप्रसाद रिजाल ( माधवानन्द ) वीरगञ्ज रधु कुलमा ‌जन्मे थे...