back
CTIZAN AD

भारतीय पर्यटक मृत्यु प्रकरणः आयो पोष्टमार्टम रिपोर्ट, मृत्युको कारण यस्तो

वि.सं.२०७६ माघ ९ बिहीवार

777 

shares

९ माघ, काठमाडौं । मकवानपुरको दामनस्थित एभरेस्ट पानोरमा रिसोर्टमा आठ भारतीय पर्यटकको मृत्यु कारण खुलेको छ । त्रिवि शिक्षण अस्पतालमा गरिएको पोष्टमार्टम रिपोर्ट अनुसार अक्सिजन अभावका कारण उनीहरुको मृत्यु भएको हो ।  मंगलबार मृत्यु भएका ८ जनामै अक्सिजनको मात्रा कम भएको रिपोर्टमा उल्लेख छ । अक्सिजनको मात्रा कम हुनुको कारण भने कार्बन मोनोअक्साइड ग्यासको विषाक्तता भएको बताइएको छ ।

त्रिवि शिक्षण अस्पतालको फरेन्सिक मेडिसिन विभागले आठै जनाको शव परीक्षणका क्रममा दुखाईरहित मृत्यु भएको पहिचान गरेको छ ।

विभागका अनुसार उर्जाको रुपमा प्रयोग हुने ग्याँस, दाउरा, तेल पूर्णरुपमा नजल्दा बन्द कोठामा निस्कने कार्बन मोनोअक्साइडको मात्र बढी भएपछि श्वासप्रश्वासका माध्यबाट मानिसको रगतमा मिसिएर अक्सिनको मात्रा कम गराउँदै शरिरका कोषहरु मार्दै पूर्णरुपमा मानिसको मृत्यु नै हुने गर्दछ ।

को हुन् मृत्यु भएका भारतीयहरु ?
भारतीय नायर परिवार आफ्ना तीनजना छोराछोरीको जन्मदिन मनाउन युएईको दुबईबाट नेपाल आएका थिए । तीनैजना बच्चा जनवरी महिनामा जन्मेका थिए । ३९ वर्षीय प्रविण कृष्ण नायर, ३४ वर्षीया पत्नी सारन्या, उनीहरुका तीन छोराछोरी ९ वर्षीय श्रीभद्र, ८ वर्षीया आचा र ७ वर्षीया अभि एकै परिवारका हुन् । उनीहरुको परिवारका सदस्यले बताएअनुसार सो परिवार बच्चाको जन्मदिन मनाउनका लागि नेपाल आएको थियो । बच्चाको जन्मदिन मनाउनका लागि उनीहरुले हरेकवर्ष फरक गन्तव्य रोज्ने गरेका थिए ।

उनीहरु नयाँ ठाउँमा जान मन पराउँथे । सो परिवार १५ वर्षभन्दा अघिदेखि दुबईमा बस्दै आएको थियो । उनीहरु भारतको केरलाको त्रिभुवननाथपुरमका हुन् । सो परिवार तथा नायर परिवारका केही सदस्य पोखराबाट फर्किने क्रममा थिए । उनीहरु नेपालबाट भारत जाने तयारीमा रहेको हुँदा मकवानपुरको दामनमा बास बस्न पुगेका थिए ।

होटलमा राति बढी चिसो भएको भन्दै राति २ बजे रेष्टुरेन्टमा बलिरहेको ग्यास हिटर सो परिवारले जबर्जस्ती गरेर कोठामा लगेका थिए । दुईवटा कोठमा रहेका परिवार बढी चिसो भएपछि एकै कोठामा ग्यास हिटर बालेर सुतेको बताइएको छ ।

दामनको रिसोर्टका म्यानेजरका अनुसार उनीहरुले चारवटा कोठा बुक गरेका थिए । तर, उनीहरु आठै जना एउटै कोठामा बसेका थिए । बाँकी अन्य कोठामा बसेका थिए ।

नायर दुबईमा रहेको एक कम्पनीमा काम गर्थे । सारन्या आफ्नो पढाइ मास्टर्स इन फर्मास्युटिकल्स पूरा गर्न कोचीमा हालै फर्केकी थिइन् । जहाँ उनी आफ्ना बच्चाहरुसँग बस्थिन् । सारन्या उनका बच्चाको रेखदेखमा संलग्न थिइन् । उनलाई अर्को नाम सान्ध्याका रुपमा समेत चिनिन्थ्यो ।

नायरका साथी ३९ वर्षीय रेजीनाथ कुमार टिबी कोजीकोडेका हुन् । उनकी पत्नी इन्दु ३४, उनीहरुको छोरा भाइसनभ रेजीनाथ तथा अन्य दुई जना पनि त्यही कोठामा सुतेका थिए । ती तीन जनाको पनि घटनामा मृत्यु भएको छ । त्यो जोडीका दुई बच्चा थिए । अर्को एक छोरा माधव फरक कोठामा भएकोले बचेको जनाइएको छ ।

वि.सं.२०७६ माघ ९ बिहीवार ११:४० मा प्रकाशित

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानको स्वर्गद्वारी नगरपालिकाका विभिन्न स्थानमा खोलाको किनारमा पाँच जनाको बेवारिसे...

रोल्पामा पहिरोमा पुरिएर ३ जनाको मृत्यु, बेपत्ता नौ जनाको पहिचान खुल्याे

रोल्पामा पहिरोमा पुरिएर ३ जनाको मृत्यु, बेपत्ता नौ जनाको पहिचान खुल्याे

रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोले घर तथा...

चीनतर्फको पहिरोले भोटेकोशीको बहाव प्रभावित, तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता

चीनतर्फको पहिरोले भोटेकोशीको बहाव प्रभावित, तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता

सिन्धुपाल्चोकको चीनसँगको सीमावर्ती क्षेत्र न्यालमस्थित झिम्मु पोस्ट नजिकै ठूलो पहिरो...