back
CTIZAN AD

कविता : कलमको आवाज

वि.सं.२०७६ माघ २५ शनिवार

822 

shares

तिम्रो षडयंत्रको खिलाफ चट्टान
बनेर उभिएका छन्
मेरा कलमका धार
अब शब्दहरुकै प्रहारले
तिम्रो धरातल भष्म पारेर
इतिहासको नया पन्ना कोर्नु छ मलाई ।

लासहरुको दलिन बिछाएर खड़ा गरेको
तिम्रो शक्तिशाली साम्राज्यमा
मेरा कलमका बन्दुकहरुले
शब्दहरुका गोली बर्षाएर
एउटा माटोको इतिहास लेख्नु
छ मलाई ।

तिम्रो शोषण बिरुद्ध
यो जिउँदो लासहरुले बुलन्द
गर्न नसकेका
विद्रोहका आवाजहरु
मेरो कलमको आवाजले
तिम्रो धरातलमा ज्वालामुखी बिस्फोट गरेर
एउटा स्वतन्त्रको कथा लेख्नु छ
मलाई ।

एकदिन तिम्रो शोषणको साम्राज्य
माथि
आकाशबाट कालो बादल जस्तै गर्जमान भएर
शब्दहरुको परमाणु बज्रपात गरि
तिम्रो साम्राज्यको पतन गर्नुछ मलाई
अनि आफ्नै माटोको कथा
लेख्नु छ मलाई ।

वि.सं.२०७६ माघ २५ शनिवार १०:०९ मा प्रकाशित

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

टीकापुर । साहित्यकार स्वर्गीय गगनसिंह थापाको ७८औँ जन्मजयन्तीको अवसरमा उनको...

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गर्न लागेको गजल दिवसका...

चारु

चारु

होम सुवेदी , भद्रपुर केही पल बाँच्नलाई सास चाहिन्छ ,...

गजल

गजल

अनुराग अरुण हरे दैव कस्तो जमाना भयो सुधो मूर्ख भो...

गजल

गजल

रमा खतिवडा, पोखरा मलाई दिवाना अधरले बनायो लजाएर हेर्ने नजरले...

सुसेली : आदिकवि भानुभक्त आचार्य

सुसेली : आदिकवि भानुभक्त आचार्य

आकाङ्क्षा बलामी ग्रीन हिल स्कुल , फर्पिङ कक्षा ६ आदिकवि...