back
CTIZAN AD

पाँच मुक्तक

वि.सं.२०७६ माघ २५ शनिवार

969 

shares

१.
एकाएक मडारिदै आउँछन्, ती नागहरु
अतृप्त नै रहेछन्, निलेर आफ्ना भागहरु
कति भोककै छट्पटी हरे ! ती पिपाशुमा,
ओहो ! हेर यो कलियुग ! साधु सन्तका रागहरु ।
२.
सिङ्गो जिन्दगीको अरुबाटै लागत उठाउनेहरु छन्
प्रत्यक्ष अप्रत्यक्ष अरुबाटै फगत उठाउनेहरु छन्
जो जति सक्षम र अब्बल कहलिएता पनि यहाँ,
हरे ! अवलाबाटै मायाको राहत उठाउनेहरु छन् ।
३.
हावा कुसमयमा आउँछ छुन्छ, जान्छ
अनेक प्रदुषण ल्याउँछ छुन्छ,जान्छ
समयले जरा गाडिएको छ वृक्षको,
मात्र औकात ! पात हल्लाउँछ जान्छ ।
४.
मुर्ति र मन्दिर बिचमा दूरी, हुन्छ कि नाई
थुँगा च्यात्ने पुजारीको बहादुरी, हुन्छ कि नाई
देव ,देवी मन्दिर बिच, हुन्छ कि हुन्न एकता
बल्छी,चारो बिचमा मजबुरी, हुन्छ कि नाई ।
५.
श्रृङ्गार भन्दा अलिपर लक्ष्य छ कि छैन
कुसलता वौद्दिकतामा दक्ष छ कि छैन
समाजको तुलोमा जोखिन्छ्यौ नारी तिमी,
मेरो प्रश्न ?घरमा छोरीको सुरक्षा छ कि छैन ।

वि.सं.२०७६ माघ २५ शनिवार १०:११ मा प्रकाशित

चारु

चारु

होम सुवेदी , भद्रपुर केही पल बाँच्नलाई सास चाहिन्छ ,...

गजल

गजल

अनुराग अरुण हरे दैव कस्तो जमाना भयो सुधो मूर्ख भो...

गजल

गजल

रमा खतिवडा, पोखरा मलाई दिवाना अधरले बनायो लजाएर हेर्ने नजरले...

सुसेली : आदिकवि भानुभक्त आचार्य

सुसेली : आदिकवि भानुभक्त आचार्य

आकाङ्क्षा बलामी ग्रीन हिल स्कुल , फर्पिङ कक्षा ६ आदिकवि...

झिल्का कविता

झिल्का कविता

भेष राज बञ्जाडे, बुटवल-१३, रुपन्देही १. एकछिन खुब मच्चिए आखिरमा...

कविता : कति हार्दिक छन्

कविता : कति हार्दिक छन्

इन्दिरा प्रयास, काठमाडौँ भन जीवन के कति मानवका अनुकूल कहाँ...