back
CTIZAN AD

होटल व्यवसायी सङ्घ तनहुँको अध्यक्षमा भट्टराई

वि.सं.२०७६ फागुन ७ बुधवार

726 

shares

७ फागुन, दमौली । होटल व्यवसायी सङ्घ तनहुँको अध्यक्षमा दुर्गाविलास भट्टराई निर्वाचित भएका छन् । मङ्गलबार दमौलीमा सम्पन्न सङ्घको दोस्रो अधिवेशनबाट भट्टराईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो ।

अधिवेशनबाट सङ्घको उपाध्यक्षमा रामबहादुर आले, गिरबहादुर थापा, मीनाकुमारी श्रेष्ठ, सचिवमा सोम थापा, सहसचिवमा विनोदकुमार मल्ल, कोषाध्यक्षमा भीमलाल श्रेष्ठ र सहकोषाध्यक्षमा सङ्गीता उच्चै ठकुरी निर्वाचित भएका छन् ।

त्यस्तै सदस्यमा भीम मल्ल ठकुरी, उमानाथ भट्टराई, लोकराज पन्थ, सूर्य तिमिल्सिना, विवेक सापकोटा, रोशन बानियाँ, दिपन राई, धनमाया आले, रामकुमार मल्ल, देवनारायण श्रेष्ठ, वसन्तकुमार श्रेष्ठ, चन्द्रकुमार वाग्ले, थानबहादुर थापा, वीरबहादुर श्रेष्ठ, सन्तबहादुर थापा, लोकनारायण श्रेष्ठ, कमलचन्द्र लम्साल निर्वाचित भएका छन् ।

अधिवेशनको उद्घाटन गर्दै होटल व्यवसायी महासङ्घ नेपालका अध्यक्ष हिराध्वज शाहले व्यवसायीले पाहुनालाई सफा, स्वच्छ र गुणस्तरीय खानाका परिकार पस्कनुपर्ने बताए । शाहले नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन होटल व्यवसायीको पनि महत्वपूर्ण भूमिका रहने र त्यसका लागि व्यवसायी प्रतिबद्ध रहेको बताए ।रासस

वि.सं.२०७६ फागुन ७ बुधवार १४:२७ मा प्रकाशित

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

स्याङ्जा । “समृद्ध भविष्यको आधार, जलवायु एवं प्रकृतिमैत्री विकास” भन्ने...

एसइई परीक्षामा उत्कृष्ट विद्यार्थीलाई एक लाख २० हजार पुरस्कार

एसइई परीक्षामा उत्कृष्ट विद्यार्थीलाई एक लाख २० हजार पुरस्कार

म्याग्दी (बेनी) । माध्यमिक शिक्षा परीक्षा (एसइर्ई) मा उत्कृष्ट हुने...

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

स्याङ्जा । विश्व वातावरण दिवसको अवसरमा डिभिजन वन कार्यालय स्याङ्जा...

मकैको खोस्टा उपयोगका लागि तालिम

मकैको खोस्टा उपयोगका लागि तालिम

दमौली (तनहुँ) । केही समयअघिसम्म मकै भित्र्याएपछि खेतबारी वा घरआँगनमा...

अन्नपूर्ण आरोहणको ७६ वर्ष पूरा

अन्नपूर्ण आरोहणको ७६ वर्ष पूरा

म्याग्दी । अन्नपूर्ण प्रथम हिमाल आरोहण भएको ७६ वर्ष पूरा...

पोखरामा एकाउन्टिङ शिक्षक कार्यशाला हुने, ब्रिटिश प्रोफेसनल कलेज र ACCA बीच सहकार्य

पोखरामा एकाउन्टिङ शिक्षक कार्यशाला हुने, ब्रिटिश प्रोफेसनल कलेज र ACCA बीच सहकार्य

काठमाडौं । नेपालमा लेखा (एकाउन्टिङ) शिक्षाको गुणस्तर सुदृढ गर्ने उद्देश्यले...