back

दक्षिण कोरियामा एकै दिनमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दोब्बर

वि.सं.२०७६ फागुन ११ आइतवार

201 

shares
NTC AD
Global IME AD

११ फागुन, सिओल ।  दक्षिण कोरियामा एकै दिनमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएका मानिसको सङ्ख्या दुईगुना भएको अधिकारीहरूले बताएका छन् ।

शुक्रबारसम्म २०४ व्यक्तिमा कोभिड–१९ भनिने उक्त भाइरसको सङ्क्रमण पुष्टि गरेको दक्षिण कोरियामा थप २२९ जनामा भाइरसको सङ्क्रमण भएको पुष्टि भएको छ । योसँगै कूल ४३३ जनामा कोरोनाभाइरस सङ्क्रमणको पुष्टि भएको छ ।
स्वास्थ्य उपमन्त्री किम गाङ–लिपले कोरोनाभाइरस प्रकोप ‘गम्भीर अवस्थामा’ प्रवेश गरेको टिप्पणी गरे । अधिकांश नयाँ बिरामीहरूको सम्बन्ध एउटा अस्पताल र पूर्वोत्तर सहर डाएगुसँग भएको अधिकारीहरूले बताएका छन् ।

अहिलेसम्म दक्षिण कोरियामा दुई जनाको उक्त रोगका कारण मृत्यु भइसकेको छ । त्यहाँ मृतकको सङ्ख्या बढ्न सक्ने त्रास फैलिएको छ । डाएगु र नजिकै अवस्थित चेओङ्डोलाई ‘विशेष निगरानी क्षेत्र’ घोषणा गरिएको छ । यसैबीच चीनसँग स्पष्ट सम्बन्ध नभएका स्थानमा पनि कोरोनाभाइरस सङ्क्रमणका घटनाले अवस्थालाई थप चिन्तित तुल्याएको विश्व स्वास्थ्य सङ्गठनका प्रमुखले बताएका छन् ।

उनले कोरोनाभाइरस नियन्त्रण गर्ने अवसर ‘साँघुरिँदै गएको’ चेतावनी दिएका छन् ।
चीनमा अहिलेसम्म ७६ हजार २८८ जनामा सङ्क्रमण पुष्टि भएको र दुई हजार ३४५ जनाको मृत्यु भएको पुष्टि भएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार चीनबाहिर २६ देशमा एकम हजार २०० जनाभन्दा बढीमा सङ्क्रमण पुष्टि भएको र शनिबारसम्म आठ जनाको मृत्यु भएको छ ।

वि.सं.२०७६ फागुन ११ आइतवार ०८:१३ मा प्रकाशित

NLIC AD
NABIL bank AD
इरानमाथि कथित आक्रमणपछि इटालीद्वारा ‘तनाव कम गर्न’ आग्रह

इरानमाथि कथित आक्रमणपछि इटालीद्वारा ‘तनाव कम गर्न’ आग्रह

काप्री (इटाली) । इजराइलले इरानमाथि आक्रमण गरेको रिपोर्ट आएपछि इटालीका...

प्लास्टिक प्रदूषण अन्त्य गर्ने विश्वव्यापी समधानका लागि क्यानाडाले राष्ट्रसङ्घीय कार्यक्रमको आयोजना गर्ने

प्लास्टिक प्रदूषण अन्त्य गर्ने विश्वव्यापी समधानका लागि क्यानाडाले राष्ट्रसङ्घीय कार्यक्रमको आयोजना गर्ने

ओटावा । क्यानाडाले प्लास्टिक प्रदूषण अन्त्य गर्ने विश्वव्यापी समाधानका लागि...

३.८ प्रतिशतले बढ्यो अष्ट्रेलियाको बेरोजगारी दर

३.८ प्रतिशतले बढ्यो अष्ट्रेलियाको बेरोजगारी दर

क्यानबेरा(अष्ट्रेलिया) । पछिल्लो समयमा दिनानुदिन बढ्दै गएको अष्ट्रेलियाको बेरोजगारी दर...

चीनको राष्ट्रिय मौसम विज्ञानद्वारा आँधीबेहरीको चेतावनी

चीनको राष्ट्रिय मौसम विज्ञानद्वारा आँधीबेहरीको चेतावनी

बेइजिङ । चीनको राष्ट्रिय मौसम विज्ञान केन्द्रले बिहीबार वर्षाको आँधीबेहरीका...

युक्रेनको चेर्निहिभमा भएको रुसी हमलामा १७ को मृत्यु

युक्रेनको चेर्निहिभमा भएको रुसी हमलामा १७ को मृत्यु

किभ (युक्रेन) । युक्रेनको व्यस्त डाउनटाउन जिल्ला चेर्निहिभमा बुधबार तीनवटा...

भारतीय सुरक्षाकर्मीसँगको भिडन्तमा १८ माओवादी विद्रोहीको मृत्यु भएको प्रहरीको दावी

भारतीय सुरक्षाकर्मीसँगको भिडन्तमा १८ माओवादी विद्रोहीको मृत्यु भएको प्रहरीको दावी

जगदलपुर, भारत ।  सुरक्षा फौजसँगको झडपमा परी कम्तीमा १८ जना...