back
CTIZAN AD

सस्कृति र परम्परालाई जीवन्त राख्न मातृभाषा संरक्षणमा जोड

वि.सं.२०७६ फागुन ११ आइतवार

726 

shares

११ फागुन, कपिलवस्तु । पहिलो बोलिने भाषा ‘मातृभाषा’ भएकाले यसको संरक्षण गर्नुपर्ने आवश्यकता औँल्याइएको छ ।

अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसरमा राष्ट्रिय मदरसा सङ्घ नेपालद्वारा कपिलवस्तुको कृष्णनगरमा शनिबार आयोजित कार्यक्रमका सहभागि वक्ताले सस्कृति र परम्परालाई जीवन्त राख्न भाषा संरक्षण गर्न जोड दिए ।

कृष्णनगर नगरपालिका प्रमुख रजतप्रताप साहले भाषा संरक्षणका क्रममा अवधि भाषालाई कामकाजीको भाषा बनाउने जानकारी दिए । राष्ट्रिय मदरसा सङ्घ नेपालका महासचिवसमेत रहेका उनले मातृभाषालाई व्यवस्थित र संरक्षित गर्न नगरपालिकाले प्राथमिता दिएको बताए ।

प्रदेश नं ५ सरकारद्वारा गठित मदरसा बोर्डका उपाध्यक्ष मशहुद खाँ मातृभाषा दिवसको ऐतिहासिक पृष्ठभूमि बारे उल्लेख गरे । समाजवादी पार्टी प्रदेश नं ५ प्रवक्ता अकरम पठानले राजनीतिक क्षेत्रमा क्रियाशील नेतृत्वले मातृभाषामा बोल्नुपर्ने सुझाव दिए ।

कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नं ३९ गुल्म हेक्वा कृष्णनगरका सशस्त्र प्रहरी नायब उपरीक्षक सुशीलकुमार शाही, नगरपालिकाका सल्लाहकार तुफेल अहमद खाँ, वडा नं ३ वडाध्यक्ष सगीर अहमद खाँ, वडा नं २ का वडाध्यक्ष सञ्जयकुमार गुप्तालगायतले भाषा संरक्षण गर्नुपर्नेमा जोड दिए ।

राष्ट्रिय मदरसा सङ्घका राष्ट्रिय अध्यक्ष डा अब्दुल गनी अलकुफीले भाषा संरक्षणले मात्र सस्कृति बलियो हुने बताए ।रासस

वि.सं.२०७६ फागुन ११ आइतवार १०:०६ मा प्रकाशित

दङ्गालीका सपना अन्ततः पूरा हुने अवस्थामा

दङ्गालीका सपना अन्ततः पूरा हुने अवस्थामा

दाङ । दाङको आकासमा ठूला जहाज उडेको हेर्ने दङ्गालीका सपना...

नारायणी अस्पतालका चिकित्सकहरुले दिए सामुहिक राजीनामा

नारायणी अस्पतालका चिकित्सकहरुले दिए सामुहिक राजीनामा

वीरगञ्ज (पर्सा) । नारायणी अस्पतालमा कार्यरत चिकित्सकले सामूहिक राजीनामा दिएका...

भेरी अस्पतालमा आइसीयु सेवा अभाव

भेरी अस्पतालमा आइसीयु सेवा अभाव

नेपालगञ्ज । भेरी अस्पताल, नेपालगञ्जले अस्पतालमा आइसीयु सेवा नभएकाले बिरामीलाई...

राजपुरमा ढिस्कोले पुरिएर किशोरको मत्यु

राजपुरमा ढिस्कोले पुरिएर किशोरको मत्यु

दाङ । राजपुर गाउँपालिकामा ढिस्कोले पुरिएर एक किशोरको मृत्यु भएको...

बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

दाङ । यात्रीलाई बासी खाना खुवाउने देउखुरी क्षेत्रमा रहेको एक...

गड्यौला मल उत्पादनले दैनिकी बदलिएका किसानहरु

गड्यौला मल उत्पादनले दैनिकी बदलिएका किसानहरु

दाङ । सुलोचना शेर्पाको दैनिकी बदलिएको छ । गड्यौला मल...