११ फागुन, काठमाण्डौं । तेह्रथुमको आठराई गाउँपालिकाले प्रधानमन्त्रीको जन्मदिनको लागि विदा दिइएको भनेर सार्वजनिक आलोचना बढेका छन् ।
प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अधयक्ष केपी शर्मा ओलीको ६९ औं जन्मोत्सवका अवसरमा विदा दिइएको भनि सामाजिक संजालहरुमा ‘राजा महाराजा’ का रुपमा तिखो आलोचना समेत बढेको छ ।
‘हामीले प्रधानमन्त्रीको जन्मोत्सव मनाउनका लागि नभएर प्रधानमन्त्रीको भ्रमण र आठराईमा हुने विभिन्न कार्यक्रमका कारण सार्वजनिक विदा दिनु पर्ने स्थिति आएको हो ।’ गाउँपालिका अध्यक्ष मानबहादुर लिम्बुले संसारन्युजसँग भने ।
‘२००० विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्ने, ४ सय वृद्धवृद्धालाई न्यानो कपडा वितरण गर्ने, सडक तथा सार्वजनिक निर्माण कार्यहरुको शिलान्यान्स गर्ने कार्यक्रम रहेकोले पु्रै गाउँपालिका स्वत ः प्रभावित हुने हुँदा सार्वजनिक विदा जरुरी भएको पनि उनले बताएका छन् । यस सम्बन्धमा सो गाउँपालिकाले स्थानीय विदा सम्बन्धमा विज्ञप्ति नै प्रकाशित गरेर प्रष्टोक्ति दिएको छ ।
विज्ञप्ति

वि.सं.२०७६ फागुन ११ आइतवार १०:२८ मा प्रकाशित






























