back
CTIZAN AD

शान्ति सुरक्षाको अवस्था सुदृढ छ – गृहमन्त्री थापा

वि.सं.२०७६ फागुन ११ आइतवार

777 

shares

११ फागुन, हेटौंडा । गृहमन्त्री रामहादुर थापाले शान्ति सुरक्षाको अवस्था सुदृढ रहेको बताएका छन् ।

गृहमन्त्रालयद्वारा यहाँ आयोजित वाग्मती प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई आज सम्बोधन गर्दै उनले नेपालको कालापानी क्षेत्रको भूभागलाई फिर्ता ल्याउन सरकारले भारत सरकारसँग कूटनीतिक प्रयास गरिरहेको छ भने । मन्त्री थापाले भ्रमण वर्षलाई उच्च प्राथमिकता दिएर बाह्य पर्यटक भित्र्याउन विभिन्न कार्यक्रम कार्यान्वयन गरिएको जानकारी दिए ।

उनले भने,“ शान्ति सुरक्षालाई सुदृढ बनाउन सुरक्षाको नयाँ रणनीति अवलम्बन गरिएको छ । ” गोष्ठीमा वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल तथा आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जमकट्टेल सहभागी छन् ।

गोष्ठीमा प्रदेशका १३ वटै जिल्लाको शान्ति सुरक्षाको अवस्था, नागरिकता, पासपोर्ट वितरण, अपराध नियन्त्रण तथा छिमेकी सिमाना समीक्षा गरिने कार्यक्रम रहेको मकवानपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिए ।

गृहमन्त्रालयको सचिव महेश्वर न्यौपाने, नेपाल प्रहरी, सशस्त्र प्रहरीका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख र नेपाली सेनाको उच्चस्तरीय सुरक्षा अधिकृत, प्रदेशका १३ वटै जिल्लाका प्रजिअहरुको सहभागिता गोष्ठीमा रहेको छ ।

वि.सं.२०७६ फागुन ११ आइतवार ११:१६ मा प्रकाशित

प्रतिनिधिसभाः उठाइएका विषयमा स्पष्ट पार्न विपक्षीको आग्रह

प्रतिनिधिसभाः उठाइएका विषयमा स्पष्ट पार्न विपक्षीको आग्रह

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा विपक्षी दलका सांसदहरूले लामो समयदेखि...

प्रतिनिधिसभा बैठक सुरूः ढल्केबरमा ‘ट्रमा सेन्टर’ निर्माणबारे जवाफ माग

प्रतिनिधिसभा बैठक सुरूः ढल्केबरमा ‘ट्रमा सेन्टर’ निर्माणबारे जवाफ माग

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको मधेस प्रदेशको ढल्केवरमा राष्ट्रियस्तरको ट्रमा...

कक्षा ८ पूरा गर्न नसकेका १३७ बालबालिकालाई वैकल्पिक शिक्षा

कक्षा ८ पूरा गर्न नसकेका १३७ बालबालिकालाई वैकल्पिक शिक्षा

भद्रपुर (झापा) । कनकाई नगरपालिकाले कक्षा ८ पूरा गर्न नसकेका...

इन्ड्राइभ राइडरहरू आन्दोलितः उचित भाडादर र बीमा सुरक्षाको माग गर्दै कुपण्डोलमा प्रदर्शन

इन्ड्राइभ राइडरहरू आन्दोलितः उचित भाडादर र बीमा सुरक्षाको माग गर्दै कुपण्डोलमा प्रदर्शन

काठमाडौँ । राइड-सेयरिङ प्लेटफर्म इन्ड्राइभमा आबद्ध चालकहरू आफ्ना सेवा–सुविधा र...

करदाता प्रोत्साहन उपहारः दश लाखको ‘बम्पर’ पुरस्कार घोषणा

करदाता प्रोत्साहन उपहारः दश लाखको ‘बम्पर’ पुरस्कार घोषणा

काठमाडौँ । करदाता प्रोत्साहन उपहारअन्तर्गत विजेताहरु घोषणा गरिएको छ ।...

मृत अवस्थामा केसी

मृत अवस्थामा केसी

दाङ । स्थानीय राजेन्द्र केसी मोटरसाइकलसहित मृत अवस्थामा फेला परेका...