back
CTIZAN AD

मन्त्रीलाई कुरा सुनाउन सडकमै ज्ञापनपत्र

वि.सं.२०७६ फागुन ११ आइतवार

633 

shares

११ फागुन, जाजरकोट । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतलाई पश्चिम जाजरकोटका स्थानीयवासीले स्वागतसँगै सडकमै मागको लामो फेरिस्त बुझाएका छन् ।

स्थानीयवासीसँगै स्थानीय तहका प्रमुखहरुले समेत सङ्घीय सरकारको तर्फबाट बजेट, योजना पठाएर समस्या समाधान गर्न माग गरेका छन् । चुनाव जितेर दोस्रोपटक पश्चिम जाजरकोट आएका मन्त्री बस्नेतलाई खानेपानी, विद्युत्, पुल, सडक र मोबाइल टावरसम्मका माग राखेर ध्यानाकर्षण गराइएको छ ।

चुनावमा गाउँ जाँदा घोरेटो बाटोमा हिँडेर गएका उनी अहिले मन्त्री भएपछि सडक निर्माणकार्य भएको ठाउँमा गाडीमा सवार भएका छन् । करिब दुई वर्षभित्र स्थानीय सरकार र सङ्घीय सरकारको बजेटबाट पश्चिम जाजरकोटका अधिकांश मुख्य ठाउँका कच्ची सडक निर्माण जारी रहेकाले मन्त्री गाडीमै सवार भएका हुन् ।

दुई वर्षअघि गाउँ पुग्दा फोन गर्नका लागि अग्ला डाँडामा पुगेका मन्त्री बस्नेत योपटक भने अग्ला डाँडामा जानु परेन । आफू चढेको गाडीबाटै अधिकांश ठाउँबाट आएका फोनमा सजिलै सम्पर्क गर्न भ्याएका थिए । मध्यपहाडी लोकमार्गका अधिकांश ठाउँमा ३३ केभी प्रसारण लाइनका पोल गाडिएकाले अब तारसँगै सवस्टेशन निर्माणको काम पूरा गर्न ठाउँ र कामको समयसमेत मन्त्री बस्नेतले अथ्र्याएका थिए ।

नौ वर्षदेखि अवरुद्ध शिवालय गाउँपलिका मोर्कको पुल अहिलेदेखि नै निर्माण शुरु भएको छ । स्थानीय तहले निर्माण गरेका काममा बजेट अभाव भएर सबै पूरा गर्न नसकिएको भन्दै शिवालय गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार शाही, छेडागाड नगरपालिकाका नगरप्रमुख लालबहादुर महतराले मन्त्री बस्नेतसँग ज्ञापनपत्र समेत सडकमै बुझाएका थिए । स्थानीय तहका प्रमुख र जनताले सबैभन्दा बढी सडक र स्वास्थ्य संस्था निर्माणको विषयलाई केन्द्रित गरेर माग पत्रमा उठाएका छन् ।

मन्त्री बस्नेतसँग पूर्व शान्ति तथा पुनःनिर्माणमन्त्री सत्य पहाडी, राष्ट्रियसभाका सदस्य भैरवसुन्दर श्रेष्ठ, प्रदेशसभाका सदस्य करवीर शाही, पूर्वसांसद रत्नप्रसाद शर्मा न्यौपाने, छेडागाड नगरपालिकाका प्रमुख लालबहादुर महतरा, प्रमुख जिल्ला अधिकारी जनकराज पन्त, प्रहरी प्रमुख किशोरकुमार श्रेष्ठ, सशस्त्र प्रहरी बलका प्रमुख योग्य बस्नेत, राष्ट्रिय अनुसन्धानका प्रमुख सञ्जीव शाह, नेपाल खाद्य संस्थानका प्रमुख धर्मबहादुर बस्नेत, नेकपाका केन्द्रीयस्तरका नेतासमेत पुगेका थिए । मन्त्री बस्नेतले स्थानीयवासीसँग कहाँ–के समस्या भएको हो भन्नुस् भन्दै सार्वजानिक ठाउँबाट जनताका गुनासो लिएका थिए ।

सिंहदरबारसम्म गुनासा लिएर जान नसक्ने स्थानीयवासीका लागि कुरा सुन्न म गाउँमा आएको भन्दै मन्त्री बस्नेतले ढुक्कसँग आफ्नो मनमा लागेका कुरा राख्न स्थानीयवासीलाई आग्रह गरे । स्थानीयवासीका माग सुनेर मन्त्री बस्नेतले भने, “तपाईंका माग व्यक्तिगत चाहनासँग जोडिएका छैनन्, मलाई थाहा छ सामूहिक विकास निर्माणका काम, स्वास्थ्य संस्था निर्माण, खानेपानी, टेलिफोन टावर निर्माण र सडकका कालोपत्रका कुरा छन् । यी सबै कुरा अबको दुई वर्षभित्र पूरा हुनेछन् ।” स्थानीयवासीले सुनाएका समस्या तीन तहका सरकार भएकाले तीनै तहका सरकारका प्रतिनिधि गाउँमा पुगेको मन्त्री बस्नेतको भनाइ छ ।

विकासमा अनुशासन कायम गर्न समेतउनले सबैलाई आग्रह गरे । केन्द्रबाट पठाएको बजेट कहाँ–कति खर्च भयो त्यो सबै कुरा खबरदारी गर्न उनले आग्रह गरे । मन्त्री बस्नेतले भने, “दिनभरि के गरियो, बेलुकी समीक्षा गरौँ रु समयभर अर्काको कुरा काट्दै सकिने तर आफूले के गरिरहेको छु थाहा नपाउने परिपाटी अब बन्द गरौँ ।”

वि.सं.२०७६ फागुन ११ आइतवार ११:४९ मा प्रकाशित

स्कुटर यात्रामा बेहोस भएका युवकको मृत्यु

स्कुटर यात्रामा बेहोस भएका युवकको मृत्यु

कर्णाली । नेपालगञ्जबाट स्कुटरमा बसेर सुर्खेततर्फ आइरहेका एक युवक यात्राका...

ग्यास अभावबारे अनुगमन प्रभावकारी बनाउन मुख्यमन्त्रीको निर्देशन

ग्यास अभावबारे अनुगमन प्रभावकारी बनाउन मुख्यमन्त्रीको निर्देशन

कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले खाना पकाउने...

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

कर्णाली । सुर्खेतमा एक सातादेखि खाना पकाउने एलपी ग्यास लिन...

नेकपाको नेतृत्वमा कर्णाली सरकार गठन हुने

नेकपाको नेतृत्वमा कर्णाली सरकार गठन हुने

कर्णाली । नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टी...

सुर्खेतमा ग्यास अभाव छैनः आयल निगम

सुर्खेतमा ग्यास अभाव छैनः आयल निगम

कर्णाली । नेपाल आयल निगम सुर्खेतले वीरेन्द्रनगरमा एलपी ग्यासको अभाव...

स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

काठमाडौँ । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ त्रिपुराकोट बजारबाट स्रोत नखुलेको नगद...