Logo
३ कार्तिक २०७८, बुधबार
     Wed Oct 20 2021
E-paper
  English Edition
   Unicode
Logo

नयाँ शैक्षिकसत्र त शुरु भो, शुरु भएन पठनपाठन



११ फागुन, हुम्ला । उच्च हिमाली जिल्ला हुम्लामा नयाँ शैक्षिकसत्र शुरु भएको एकहप्ता बितिसकेको छ । यही फागुन ४ देखि शुरु भएको शैक्षिक पात्रो अगाडि बढाउन न शिक्षक छन् ,न पठनपाठन अगाडि बढेको छ ।

वार्षिक परीक्षा सकेर जाडो छल्न जिल्ला बाहिर गएका शिक्षक हालसम्म फर्किएका छैनन् । सबै विद्यालयले नयाँ शैक्षिकसत्रको भर्ना खोलिसकेका छन् । सर्केगाड गाउँपालिका वडा नं २ मा रहेको लालीगुराँस माध्यामिक विद्यालयले भने पठनपाठन शुरु गरेको छ । सबैजसो शिक्षक स्थानीयवासी भएकाले नयाँ शैक्षिकसत्र शुरु भएसँगै पठनपाठन शुरु गरिएको प्रधानध्यापक कालीबहादुर महताराले जानकारी दिए ।

चङ्खेरी गाउँपालिकामा रहेका अधिकांश विद्यालय हालसम्म सञ्चालनमा नआएको र शिक्षकसमेत फिर्ता नआएको स्थानीयवासी महेन्द्र बोहराले जानकारी दिए । उनले केही विद्यालयले नयाँ भर्ना पनि नखोलेको बताए । जिल्ला सदरमुकाममा रहेको सिमकोट गाउँपालिकाअन्तर्गतका मानसरोवर माध्यामिक विद्यालय, बालमन्दिर मावि, रलिङ मावि, कैलाश मावि, रामदेभ माविलगायत विद्यालयले नयाँ तथा पुराना विद्यार्थी भर्ना जारी राखेका जनाएछन् ।

मानसरोवर माविका प्रधानध्यापक अमरबहादुर शाहीले नयाँ भर्ना शुरु गरिएको बताए । शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख विष्णुबहादुर शाहीले नयाँ भर्ना अभियान शुरु गर्नुपर्ने बेला गाउँपालिकाले ध्यान नदिएको बताए । हुम्लामा रहेका मावि, निमावि र प्रावि गरी १३९ विद्यालयमा दरबन्दी तथा राहत कोटा गरी ५१३ शिक्षक रहेको र त्यसमध्ये अधिकांश शिक्षक जिल्ला बाहिरै रहेको उनले जानकारी दिए ।

जिल्लाका तीनै तहका विद्यालयमा १७ हजारभन्दा बढी विद्यार्थीले अध्ययन गर्दै आएका छन् । निजी क्षेत्रका विद्यालयले गत माघ १७ गतेदेखि पढाइ शुरु गरेका थिए ।पाठ्यपुस्तक पुगेनजिल्लामा रहेका विद्यालयमा विद्यार्थी सङ्ख्याको आधारमा पाठ्यपुस्तक पुग्न सकेको छैन । छपाइको जिम्मा पाएको जनक शिक्षा सामग्रीले र निजी क्षेत्रले पुरानै फ्लेस रिपोर्टलाई आधार मानी पुस्तक उपलब्ध गराउँदा जिल्लाको मागअनुसार पा्ययपुस्तक नपुगेको हो ।

चङ्खेली र सर्केगार्ड गाउँपालिकामा पुस्तक बिक्रीको जिम्मा पाएको पुस्तक ज्ञानु भण्डारका प्रोपराइटर दुर्पता शाहीले दुवै गाउँपालिकाका ५६ विद्यालयका लागि चार हजार २०० सेट पुस्तक माग गरे पनि जनक शिक्षा र निजी छपाइ केन्द्रबाट दुई हजार ७२५ सेट पुस्तक मात्र पाएको बताए । पुस्तक सबै नेपालगञ्जमा बुझेर ट्रकमा ढुवानी गरिरहेको उनले बताए ।

जिल्लाका दक्षिणी क्षेत्रका अदानचुली र ताँजाकोट गाउँपालिकाका विद्यालय लागि पाठ्यपुस्तकको ढुवानी तथा बिक्रीको जिम्मा लिएका लोकेन्द्र भण्डारीले गत वर्षभन्दा कम पुस्तक बुझेको र बुझेका पुस्तक कवाडी पुगेको बताए । उनले पनि मागअनुसार पुस्तक नपाएको गुनासो गरे । दुई गाउँपालिकाका लागि पुस्तक सुर्खेत, कालिकोट, जुम्ला र मुगु हँुदै हुम्ला पुग्ने गर्दछन् ।

सिमकोट, नाम्खा, खार्पुनाथ गाउँपालिकामा रहेका विद्यालयका लागि पाठ्यपुस्तक पु¥याउने ढुवानी जिम्मा लिएका रोकाया पुस्तक पसलका ज्ञानबहादुर रोकाया भने ८० प्रतिशत पाठ्यपुस्तक पुगेको जानकारी दिए । तीन गाउँपालिकामा रहेका विद्यालयका लागि पाठ्यपुस्तक ढुवानी तथा बिक्रीको जिम्मा पाएको ज्ञान पुस्तक पसलले कक्षा २ देखि कक्षा १० सम्मका लागि तीन हजार ८५० सेट पुस्तक माग गरेकामा दुई हजार ७०० सेट पुस्तक पुगेका छन् ।

सो क्षेत्रका विद्यालयका लागि एक हजार १५० सेट पुस्तक अपुग भएका छन् । बिक्री केन्द्रले जिम्मा पाएका पुस्तक सबै नेपालगञ्जबाट हवाई ढुवानी गरेर सिमकोट पुगेको र हाल बिक्री भइरहेका छन् ।रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वालिङ्, स्यांग्जा । पर्वतका जयनारायण तिवारी र स्याङ्जाका शोभाखर ढकाल नेकपा (माओवादी केन्द्र) को

काठमाडौं । बागमतीकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत पाउने स्थिति नबनेपछि नेकपा (एमाले)ले मतदानको

काठमाडौँ । नेपालमा भारतको वहार र उत्तर प्रदेश आसपास रहेका न्यून चापीय प्रणाली र

काठमाडौँ । नेकपा(एकीकृत समाजवादी) पार्टीले केन्द्रीय ज्येष्ठ कम्युनिष्ट मञ्च बनाएको छ । लामो समयदेखि

काठमाडौँ । नेकपा(एकिकृत समाजवादी) पार्टीले केन्द्रीय सल्लाहकार परिषद् गठन गरेको छ । सो पार्टीको