back
CTIZAN AD

चलचित्र ‘हिजोआजका कुरा’को पहिलो गीत सार्वजनिक, हेर्नुहोस् भिडियोमा

वि.सं.२०७६ फागुन १२ सोमवार

723 

shares

काठमाडौँ । बैशाख १२ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘हिजो आजका कुरा’को पहिलो गीत सार्वजनिक भएको छ ।

सन्तोष पन्तको निर्माणमा बनेको चलचित्र ‘हिजो आजका कुरा’को उक्त गीतमा थुप्रै कलाकारहरु फिचर्ड छन् । सन्तोष पन्त, रमा थपलिया, मदनकृष्ण श्रेष्ठ, निर शाह, भूवन चन्द, मिथिला शर्मा, बसुन्धरा भूषाल, गौरी मल्ल, दिनेश डिसी, दिपाश्री निरौला, जितु नेपाल, केदार घिमिरे, शिवहरी पौडेल, शम्भुजित बाँस्कोटा, ऋचा शर्मा, केकी अधिकरी, रिमा विश्वकर्मा, नविक के.भट्टराई र साकार पन्त सहित अन्य कलाकारलाई उक्त गीतको भिडियोमा देख्न सकिन्छ ।

दिपक शर्माको संगीत रहेको ‘माया जदौं’ बोलको गीतमा रामकृष्ण ढकाल र मेलिना राईको स्वर छ । शब्द आनन्द अधिकारीले लेखेका हुन् । साकार पन्तको डेव्यु निर्देशकिय फिल्म हिजो आजका कुरा बैशाख १२ गतेदेखि प्रदर्शनमा आउँदैछ ।

फिल्ममा सन्तोष पन्त, रमा थपलिया, ऋचा शर्मा, केकी अधिकारी, रिमा विश्वकर्मा, दिव्यदेव पन्त लगायत कलाकारहरुको अभिनय रहेको छ ।

वि.सं.२०७६ फागुन १२ सोमवार १५:०६ मा प्रकाशित

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

काठमाडौं । दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा...

अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ श्रृंखलामा डा. ध्रुबेश चन्द्र रेग्मीद्वारा राग ‘बागेश्री’ प्रस्तुति

अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ श्रृंखलामा डा. ध्रुबेश चन्द्र रेग्मीद्वारा राग ‘बागेश्री’ प्रस्तुति

काठमाडौं। अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ मासिक शास्त्रीय संगीत श्रृंखलामा...

ड्रेस टु इम्प्रेस’ १३ औँ संस्करणमा चार फेशन डिजाइनर भए उत्कृष्ट

ड्रेस टु इम्प्रेस’ १३ औँ संस्करणमा चार फेशन डिजाइनर भए उत्कृष्ट

काठमाडौँ । फेसनसम्बन्धी नेपालको अग्रणी एकेडेमी स्कूल अफ फेसन एन्ड...

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

काठमाडौं । अभिनेता तथा निर्देशक दीपकराज गिरीले अभिनेत्री तथा निर्देशक...