Logo
१० कार्तिक २०७८, बुधबार
     Wed Oct 27 2021
E-paper
  English Edition
   Unicode
Logo

पाँच मुक्तक




गुटबन्दी संस्कार यो, हामी मिलेर तोड्नु छ ।
मर्दा पार्टीको होइन, नेपाली झण्डा ओढ्नु छ ।।
हंगामा मच्चाउन छोडौं, अब जाती र धर्मको,
विश्व सामु नेपालीले, शान्ति सन्देश छोड्नु छ ।।
२.
कहिले मुसल छु कहिले ओखल जस्तै ।
कहिले सुख्खा छु कहिले दलदल जस्तै ।।
नसक्ने भए रे कोही म बिना जीउन,
भएको छु अचेल उसैको अम्मल जस्तै ।।
३.
रित्तै आयौं जान्छौ रीत्तै, के नै लानु छ सबैले ।
अन्तिम पल्ट सुनपानी, दुईथोपा खानु छ सबैले ।।
जानु है हजुर स्वर्गलोक, आउँछौ हामी बिस्तारै,
ढिलो चाँडो मात्र त हो, त्यतै जानु छ सबैले
४.
चाउरीयो गाला फुल्यो जुँघा तन जवानी छ
उमेर कट्दै गएर के भो ऊ झन जवानी छ ।
अस्थिपन्जर न हो त्यो खोक्रो हुँदै जाने बिस्तारै,
फेरि मात्तिन्छ उन्मादले अझैं यो मन जवानी छ ।।
५.
बिरक्त भो मनपनि, सम्बन्ध नै चुडीएपछी ।
भ्रष्टलाई पार लाउने, मायाको धार कुडीएपछी ।।
छोडी गयौ एक्लै मलाई, मर्नु न बाच्नुको पारी,
कपाल मेरो समाजमा, चारपाटे मुडिएपछी ।।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौँ । बीस महिनापछि नेपाली कामदार दक्षिण कोरिया जाने भएका छन् । लामो समयदेखि

काठमाडौं । यातायात व्यवस्था विभागले मंगलबारदेखि सवारी चालक अनुमति पत्र (लाइसेन्स)को नयाँ आवेदन खुलाएको

दिल्ली । अश्लिल फिल्म बनाएर विदेशमा बेचेको आरोपमा पक्राउ परेका आफ्ना पतिलाई छुटाउनका लागि

काठमाडौं । गत आर्थिक वर्ष २०७७/०७८ मा आफ्नो निर्देशन उल्लंघन गर्ने विभिन्न आठ वाणिज्य