back
CTIZAN AD

चार हजार आप्रवासी ग्रीसको टर्कीसँगको सीमा क्षेत्रमा रोकिए

वि.सं.२०७६ फागुन १८ आइतवार

891 

shares

१८ फागुन, एथेन्स ।  ग्रीसले शनिबार हजारौँ आप्रवासी शरणार्थीलाई आफ्नो सीमा पार गरी यूरोप प्रवेश गर्न रोकेको छ । ग्रीक अधिकारीहरूले टर्की हुँदै गैरकानूनी रूपमा ग्रीस जाने उनीहरूलाई रोक लगाएको हो ।

सिरियामा हिंसात्मक गतिविधि बढ्न थालेपछि टर्की हुँदै युरोप प्रवेश गर्ने अधिकांश सिरियाली विद्रोही रहेका अनुमानहरू गरिएका छन् । “संगठित, सामूहिक तथा गैरकानूनी रूपमा हाम्रा सीमा क्षेत्रमा आक्रमण बढाएको र अन्तरराष्ट्रिय कानूनको उल्लङ्घन गरेको छ आरोपमा “ग्रीसले शुक्रबारदेखि सीमालाई बन्द गरेको छ,” सरकारका प्रवक्ता स्टेलियस पेट्सासले प्रधानमन्त्रीसँग शनिबार भएको आकस्मिक बैठकमा भने ।

उनले प्रधानमन्त्रीलाई बताए “हामीले ग्रीसको सीमा क्षेत्रमा करिब चार हजारभन्दा बढी आप्रबासीलाई गैरकानूनी रूपमा प्रवेश गर्नबाट रोक लगाएका छौँ ।” ग्रीसले सीमालाई कडाइ गरेपछि सीमाक्षेत्रमा ग्रीक प्रहरी र आप्रबासी तथा शरणार्थीबीच शनिबार झडपहरू भएको बताइएको छ ।

सिरियाको इदलिब प्रान्तमा रूसको सहयोगप्राप्त सिरियाली सेना र टर्कीको सेनाबीच द्वन्द्व बढेपछि सिरिया छोडी यूरोप प्रवेश गर्न खोज्न आप्रबासीको सङ्ख्या ह्वात्तै बढेको छ ।

वि.सं.२०७६ फागुन १८ आइतवार ०९:१३ मा प्रकाशित

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक बन्धक...

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै कूटनीतिक सम्झौता...

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

बोगोटा । पेरुको नाज्का सहरनजिक शनिबार युरोपेली पर्यटक बोकेको एउटा...

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

वासिङ्टन । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वका सहयोगी...

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजा सहर । युद्ध अन्त्य गर्ने सम्भावित सम्झौतामा हमासले सहमति...

स्पेन–मोरक्को सीमामा गम्भीर संकट

स्पेन–मोरक्को सीमामा गम्भीर संकट

म्याड्रिड । स्पेनको उत्तर अफ्रिकास्थित स्वायत्त सहर स्यूटामा दुई दिनको...