back
CTIZAN AD

नेपाललाई समृद्ध मुलुकमा रुपान्तरण गर्नुको विकल्प छैनः नारायणकाजी श्रेष्ठ

वि.सं.२०७६ फागुन २१ बुधवार

801 

shares

काठमाडौं । राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठले अव नेपाललाई समृद्ध मुलुकमा रुपान्तरण गर्नुको विकल्प नभएको बताएका छन् । आजै राष्ट्रियसभा सदस्यको शपथ लिएका उनले व्यवहारमै आर्थिक विकास र सम्बृद्धिको कार्यभार पुरा गर्नुको विकल्प नभएको बताए । उनले प्रकृति र पुर्खाले आर्जेको यस्तो सुन्दर देश हुँदाहुदै लाखौँ युवा खाडी मुलुकमा पसिना बगाउन बाध्य भएको भन्दै अव त्यस्तो अवस्थाको अन्त्य गर्नुपर्ने बताए ।

राष्ट्रियसभा बैठकमा बोल्दै उनले भने ‘लोकतन्त्र, संक्रमण र बहुमतको सरकार छैन भनेर उम्कन मिल्ने अवस्था छैन । अव समृद्ध मुलुकमा रुपान्तरण गर्नुको विकल्प छैन । त्यो जिम्मेवारी अब हाम्रो काँधमा आएको छ ।’

नेकपाका प्रवक्तासमेत रहेका उनले सरकारले आफ्ना काममा आत्मसमीक्षा गर्नुपर्ने बताए । जनादेश सरकारले पाएपनि सबै काम सरकारले मात्र गर्न नसक्ने भन्दै प्रमुख प्रतिपक्षको समेत सहयोगमा समृद्धिको यात्रामा अघि बढ्नुपर्ने बताए । उनले राष्ट्रिय एकताका सवालमा भारतले मिचेको लिम्पियाधुराको नेपाली जमिन फिर्ता गर्न पहल गनुपर्ने, लोकतन्त्रका आधारभुत मान्यतालाई विकास गर्दै प्रतिगमनका सारा षड्यन्त्र असफल पार्नुपर्ने बताए ।

विकासको फड्को मार्ने विषयमा पनि सवै शक्ति एकजुट हुुनुपर्ने र अहिलेको गतिबाट मात्रै सामाजिक आर्थिक विकासमा सवै एकजुट हुन अपिल गरे । श्रेष्ठले सत्ताको चरित्र थोरै निरंकुश हुने खतरा हुने भन्दै प्रतिपक्ष पनि रचनात्मक प्रतिपक्षको भूमिकामा मात्रै नरहेर विरोधवादमा फस्ने खतरा रहने भएकाले त्यसतर्फ सबैको ध्यान जानुपर्ने धारणा राखे ।

वि.सं.२०७६ फागुन २१ बुधवार १३:२१ मा प्रकाशित

विद्युतमा लगाइएको भ्याट तत्काल फिर्ता लिन घिसिङको माग

विद्युतमा लगाइएको भ्याट तत्काल फिर्ता लिन घिसिङको माग

नेपाल विद्युत प्राधिकरणका पूर्वप्रमुख कार्यकारी अधिकृत(सिइओ) तथा उज्यालो पार्टी नेपालका...

मनसुनी वायुको प्रभाव कायम : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायम : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट...

नेपाल–बंगलादेशबीच मत्स्य क्षेत्रमा सहकार्य विस्तार गर्न राजदूत रहमानको जोड

नेपाल–बंगलादेशबीच मत्स्य क्षेत्रमा सहकार्य विस्तार गर्न राजदूत रहमानको जोड

काठमाडौं । नेपालका लागि बंगलादेशका राजदूत शफिकुर रहमानले नेपाल र...

बोराभित्र महिलाको शव फेला

बोराभित्र महिलाको शव फेला

मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१५ स्थित सामुदायिक वन क्षेत्रमा बोराभित्र बाँधेर...

प्रधानमन्त्री कार्यालयले सार्वजनिक गर्यो चौंथो त्रैमासिक प्रगति विवरण

प्रधानमन्त्री कार्यालयले सार्वजनिक गर्यो चौंथो त्रैमासिक प्रगति विवरण

काठमाडौं । सरकारले शासकीय सुधारलाई प्राथमिकतामा राख्दै आफ्ना सय बुँदे...