
२१ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण सफल भएसँगै उनलाई आइसीयूमा सारिएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा बुधबार सफल मिर्गौला प्रत्यारोपण गरिएको थियो ।
प्रत्यारोपण सफल भएसँगै उनलाई चार बज्नु केही अघि आईसीयूमा सारिएको हो । त्रिवि शिक्षण अस्पतालमा डा प्रेम राज ज्ञवालीको टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला सफल रुपमा प्रत्यारोपण गरेको हो ।
आज विहान १० बजे प्रधानमन्त्री ओलीलाई प्रत्यारोपणका लागि अप्रेसन थिएटरमा लगिएको थियो । अस्पतालले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीका संपूर्ण सूचांकहरुले राम्रोसँग काम गरेको बताइएको छ ।
‘प्रधानमन्त्रीलाई उनकी भान्जी पर्ने समीक्षा संग्रौलाले मिर्गौला दिएकी थिइन् । उनको अवस्था पनि राम्रो रहेको अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
वि.सं.२०७६ फागुन २१ बुधवार १६:३७ मा प्रकाशित